• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

भुलभुले खतरामा पर्ने भएकाले पुलको डिजाईन हेरफेर गर्न माग

भुलभुले खतरामा पर्ने भएकाले पुलको डिजाईन हेरफेर गर्न माग


समायोजन खबर
  • मंगलबार, मंसिर १८ २०७५

  • समायोजन खबर खोटाङ,
    खोटाङको नेर्पास्थित भुलभुले खोलामा निर्माण सुरु गरिएको पुलले भविष्यमा भुलभुले दुधकुण्ड देउधाम खतरामा पर्ने भएकाले पुलकोे पुःर्न डिजाईनको माग गरिएको छ । हालको डिजाईन अनुशार पुल निर्माण गर्दा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पास्थित भुलभुले दुधकुण्ड देउधामको प्राकृतिक अवस्थितिलाई अशर पर्ने देखिएकाले प्रतिनिधिसभा सदस्य बिशाल भट्टराईले पक्की पुलको डिजाईन परिवर्तनको माग गर्नुभएको हो । मध्यहाडी लोकमार्ग अन्तरगत दिक्तेल–चखेवा भञ्ज्याङ सडक खण्डमा पर्ने पुलको जग खन्ने र सडक फराकिलो बनाउनेक्रममा केही माथि रहेको धार्मिक तथा पर्यटकीयस्थल भुलभुले दुधकुण्ड देउधामको संरचनालाई अशर पर्ने देखिएकाले सांसद भट्टराईले पुष्पलाल मध्यपहाडी लोकमार्ग आयोजना पुर्वी खण्ड बुद्धनगर समक्ष पुल र सडकको पुःर्नडिजाईनको माग राखेको बताउनुभयो ।

     

    मागपत्रमा धार्मिक तथा पर्यटकीयस्थल भुलभुले दुधकुण्ड देउधामलाई अशर नपुग्नेगरी पुल निर्माणको कामलाई अघि बढाउन माग गरिएको छ । भुलभुले खोलामा पुल निर्माणकाक्रममा स्काभेटर प्रयोग गरेर जग खन्दा थर्कनले देउधामको संरचनामा खलबल आउने र पानीको मुहान सुक्ने खतरा रहेको स्थानीयको भनाई छ । भुलभुले दुधकुण्ड देउधाम, पोखरी, शिब मन्दीर, ढुंगे धारा, किरात राजा यलम्बरको शालिक लगायतका संरचनाको जग खुस्किएर पहिरो जाने भएकाले पुलको डिजाईन परिवर्तन गरेर धार्मिक तथा पर्यटकीयस्थललाई जोगाउन माग राखिएको प्रतिनिधिसभा सदस्य भट्टराईले बताउनुभयो ।
    माथी तस्विरमा : नेर्पामा रहेको भुलभुले दुधकुण्ड देउधाम, तस्विर चिसाङ शेर्पा, २०७५ मंसिर १८ गते राती ८ :१६ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology