समायोजन खबर खोटाङ,
राष्ट्रिय सूचना आयोगका आयुक्त किरणकुमार पोखरेलले सूचनाको हकको महत्वका बिषयमा अझै पनि अधिक जनतालाई बुझाउन नसकिएको बताएका छन् । प्रदेश नम्बर १ अन्तरगतका स्थानीय तहका जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृतका लागि मंगलबार खोटाङको दिक्तेलमा आयोजना गरिएको सूचनाको हक सम्बन्धी अन्तरक्रीया कार्यक्रममा सूचना आयुक्त पोखरेलले अझै पनि ९५ प्रतिशत जनतालाई सूचनाको हकको महत्व र उपयोगीताका विषयमा जानकारी नभएको उल्लेख गरे ।
जिल्ला समन्वय समितिको सभाहलमा भएको कार्यक्रममा आयुक्त पोखरेलले सार्वजनिक निकायलाई जनताप्रति जवाफदेही र उत्तरदायी बनाउनका लागि सूचनाको हकले ‘टुल्स’को काम गर्ने बताउनुभयो । जनताले सूचनाको हकलाई अधिकारको रुपमा बुझेर सार्वजनिक निकायबाट आवश्यक सूचना लिने परिपाटीको बिकास भए मात्र लोकतन्त्र सुढृड हुने पोखरेलको भनाई थियो । आयुक्त पोखेरलले सुशासन र जवाफदेहीताका लागि सूचनाको हकलाई जनताको घर–घरमा पु-याएर जनता जगाउन महाअभियान थाल्नु पर्नेमा जोड दिनुभयो । कार्यक्रममा सहभागी खोटाङ, सोलुखुम्बु, ओखलढुंगा र भोजपुरका स्थानीय तहका जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृतलाई सूचनाको हकका बिषयमा जानकारी दिइएको छ ।
माथी तस्विरमा : सूचनाको हक सम्बन्धी अन्तरक्रीया कार्यक्रममा सहभागीहरु, २०७५ मंसिर १८ गते साँझ ७:५०मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology