• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

स्थानीय तहका लागि प्रदेशको सशर्त अनुदान बाँडफाँड,सडकलाई प्राथमिकता (हेर्नुहोस कहाँ, कती)

स्थानीय तहका लागि प्रदेशको सशर्त अनुदान बाँडफाँड,सडकलाई प्राथमिकता (हेर्नुहोस कहाँ, कती)


समायोजन खबर
  • सोमबार, मंसिर १७ २०७५

  • सांकेतिक तस्विर।

    समायोजन खबर खोटाङ,
    खोटाङका स्थानीय तहलाई प्रदेश नम्बर एकले उपलव्ध गराएको सशर्त अनुदान बाँडफाँड गरिएको छ । प्रदेशबाट खोटाङका १० स्थानीय तहलाई प्राप्त भएको सशर्त अनुदान मध्ये दुई नगरपालिका र आठ गाउँपालिकाका प्रमुखसँगको परामर्शमा बाँडफाँड गरिएको प्रदेशसभा सांसद राजन राईले बताए । प्रदेशसभा सांसद राई, उषाकला राई र रामकुमार राईले ११ वटा योजनाका लागि सशर्त अनुदान बाँडफाँड गरेका हुन् ।

     

    आवश्यकता र प्राथमिकताका आधारमा बाँडफाँड गरिएको योजनामा केपीलासगढी गाउँपालिकाको बाक्सिला बजार व्यवस्थापन तथा ट्रस निर्माणका लागि १ करोड, रावाबेसी गाउँपालिकाको बिजुले–लेखर्क–दुबेकोल–ऐसेलुखर्क सडक स्तरोन्नतीका लागि १ करोड ३५ लाख, हलेसी तुवाचुङ नगरपालिकाको होलेसुङ जनकराज राई मार्ग स्तरोन्नतीका लागि ५५ लाख, हलेसी–धितुङ–भाटबेँसी–रेग्मीटार सडक निर्माणका लागि ५५ लाख, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको दिक्तेल–डाँडागाउँ–तालखर्क–खार्मी–पाथेका सडक स्तरोन्नतीका लागि १ करोड ३५ लाख, बाहनेपोखरी–राखाबांदेल–रावाखोला–बाक्सिला सडकका लागि १ करोड ३५ लाख बजेट खर्च गरिने भएको छ ।

     

    यस्तै, साकेला गाउँपालिकाको रतन्छा–नैनेपाटी–मानेभञ्ज्या–बोपुङ–खिदिमा–काल्चिङखोला सडक स्तरोन्नतीका लागि १ करोड ३५ लाख, खानीडाँडा बिमानस्थलदेखि दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ याम्खाको साप्सु खोला बाटोफेदी मोटरेबल पुलका लागि १ करोड ३५ लाख, रसुवा–पान्धारे सडकको सिमपानी–ईन्द्रेणीपोखरी सडक खण्ड स्तरोन्नतीका लागि १ करोड ३५ लाख, चिसापानी–निगालाबास–पैयाँटार–देबिस्थान–फेदी–रानीटार सडक स्तरोन्नतीका लासग १ करोड ३५ लाख र धाप्लाङदेखि सिन्ताङसम्म ग्रामिण बिद्युत बिस्तार योजनाका लागि १ करोड ३५ लाख बजेट विनियोजन भएको छ ।
    २०७५ मंसिर १७ गते साँझ ६ :३० मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology