• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

टुहुरा बालबच्चालाई पोखराबाट ५ हजार आर्थिक सहयोग

टुहुरा बालबच्चालाई पोखराबाट ५ हजार आर्थिक सहयोग


समायोजन खबर
  • सोमबार, मंसिर १७ २०७५

  • समायोजन खबर खोटाङ,
    बाबुआमाको मृत्यु भएपछि बिचल्नीमा परेका खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका ७ बालबच्चालाई थप आर्थिक सहयोग जुटेको छ । करेन्ट लाग्दा गत साउन १८ गते ज्यान गुमाएका हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका चन्द्र किरात र अनिच्छुक गर्भपतन गराउनेक्रममा स्वास्थ्यकर्मीको त्रुटीका कारण २०७३ साल भदौ १९ गते जिल्ला अस्पतालमा ज्यान गुमाएकी तलकुमारी राईको ५ छोरी र २ छोरालाई पोखरा महानगरपालिका–७ अन्नपूर्णटोलका समाजसेबी कुमार गुरुङले ५ हजार आर्थिक सहयोग गरेका हुन् । गत कात्तिक २७ गते नागरिक दैनिकमा प्रकाशित ‘१६ वर्षको उमेरमा ६ भाईबहिनीको अभिभाबक’ शिर्षक समाचार पढेपछि समाजसेबी गुरुङले टुहुराटुहुरी बालबच्चालाई सहयोग रकम पठाएका हुन् ।

     

    नागरिक दैनिकको पोखरास्थित क्षेत्रीय कार्यालयमार्फत खोटाङ सम्बाददाता दमन राईको खातामा जम्मा भएको रकम हलेसी तुवाचुङ नगरपालिकाकी उपमेयर बिमला राईले राई परिवारकी जेठी छोरी बुङाटुङ चामलीङलाई हस्तान्तरण गरेकी छन् । धितुङका वडाध्यक्ष पृथीराज राई, आफन्त र सञ्चारकर्मीको रोहबरमा भक्तपुर जडिबुटीमा आयोजित कार्यक्रममा उपमेयर राईले गुरुङबाट प्राप्त भएको ५ हजार रकम बुङाटुङलाई हस्तान्तरण गरेकी हुन् । बाबुआमा गुमाएपछि बिचल्नीमा परेका ४ वर्षदेखि १६ वर्ष उमेरका टुहुरा बालबच्चाको लालनपालन एबं उच्च शिक्षा अध्ययनका लागि गुरुङले सहयोग रकम प्रदान गरेको बताए ।
    माथी तस्विरमाः राई परिवारकी जेठी छोरी बुङाटुङलाई सहयोय रकम हस्तान्तरण गर्नुहुंदै उपप्रमुख बिमला राई (दायाँबाट तेश्रो) २०७५ मंसिर १७ गते दिउँसो ४ :०९ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology