समायोजन खबर खोटाङ,
नाछिरिङ राईको संगठन किरात रदु नाछिरिङ साखाम (केन्द्र)को अध्यक्षमा सकलबहादुर राई चयन भएका छन् । शनिबार साँझ धरानमा सम्पन्न सातौं अधिबेसनबाट राई किरात रदु नाछिरिङ साखाम (केन्द्र)को अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् । २५ सदस्यीय साखामको उपाध्यक्षमा कमलकुमारी नाछिरिङ र भीमराज नाछिरिङ, महासचिवमा टेक नाछिरिङ, सचिवमा फडिन्द्र नाछिरिङ र सरिता नाछिरिङ तथा कोषाध्यक्षमा प्रभा नाछिरिङ चयन भएका छन् । खोटाङ, सोलुखुम्बु, भोजपुर, इलाम, पाँचथर, सुनसरी, झापा, ते¥हथुम, मोरङ, काठ्माण्डौं लगायत बिदेशमा बसोबास गरिरहेका नाछिरिङ समुदायका प्रतिनिधिको सहभागीतामा साखामको नयाँ नेतृत्व चयन गरिएको निर्वाचन मण्डलका संयोजक भीम राईले बताए ।
पुर्वी नेपालमा बसोबास गरिरहेका नाछिरिङ राईको जन्मदेखि मृत्युसम्मका संस्कार, संस्कृति, रितिरिवाजको विवरण संकलन एबं वर्ण निर्धारण लगायतका काम टुंग्याए पश्चात किरात रदु नाछिरिङ साखाम (केन्द्र)को अधिबेसन उद्घाटन गरिएको थियो । साखामको अधिबेसन प्रदेशसभा सांसद राजन राईले शनिबार उद्घाटन गरेका थिए । अधिबेसन उद्घाटनसत्रमा किरात राई यायोक्खाका केन्द्रीय अध्यक्ष तिलक राई, जिल्ला समन्वय समिति सोलुखुम्बुका प्रमुख बीरकुमार नाछिरिङ, भाषाबिद डा. तारामणी राई लगायतको उपस्थिति रहेको थियो । पुर्वी नेपालका विभिन्न जिल्लामा बसोबास गर्ने नाछिरिङ राईको जनसंख्य करिब १२ हजार रहेको अनुमान गरिएको छ ।
२०५३ सालमा गठन गरिएको साखामले २०५७ सालमा मात्र कानूनी मान्यता प्राप्त गरेको थियो । साहित्यकार एबं चित्रकार लैनसिं बाङ्देल संरक्षक र पुर्वक्याप्टेन मानबहादुर नाछिरिङ अध्यक्ष रहेको साखाम २०५७ साल पुस २८ गते जिल्ला प्रशासन कार्यालय काठ्माण्डौंमा दर्ता गरिएको थियो । साखामको दोश्रो अधिबेसनबाट भूपु क्याप्टेन मानबहादुर नाछिरिङ नै अध्यक्षमा दोहोरिएका थिए । यस्तै, तेश्रो र चौथो कार्यकालका अध्यक्ष प्रताप नाछिरिङ, पाँचौ कार्यकालका अध्यक्ष निरकुमार नाछिरिङ र छैठौं कार्यकालका अध्यक्ष गृहबहादुर नाछिरिङ चयन भएका थिए ।
माथी तस्विरमा :किरात रदु नाछिरिङ साखाम (केन्द्र)को अधिबेसनमा सहभागी । २०७५ मंसिर १७ गते बिहान ७ः५५ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology