समायोजन खबर खोटाङ,
जिल्लामा बाँदर पिडित किसानहरुले बाँदर व्यवस्थापन समिति गठन गरेको छ । सामाजिक अगुवा दुर्गाप्रसाद घिमिरेको संयोजकत्वमा ७५ सदस्यीय बाँदर व्यवस्थापन समिति गठन गरेको हो । खेतबारीका अन्नबाली सखाप पारिदिने बाँदर नियन्त्रणको उपायको खोजीमा आईतबार दिक्तेलको हेलीप्याडमा भएको किसानहरुको भेलाले समितिको उपाध्यक्षमा दिपक राई, सचिवमा ज्ञानप्रसाद ढुंगाना र कोषाध्यक्षमा अञ्चल राई चयन चयन गरेको हो ।
यसअघि पटक–पटक छलफल र भेला गर्दैआएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाभित्रका दिक्तेल, बाम्राङ, खाल्ले, लफ्याङ, नेर्पा, दोर्पाचिउरीडाँडा, विजयखर्क लगायतका ठाउँका बाँदर पिडित किसानहरु निर्णायक ‘एक्सन’ तयारीमा भेला भएका हुन् । वर्षेनी बाँदरले खेत बारीका अन्नबाली नष्ट पारिदिने भएकाले बाँदरलाई बन्दुकले हानेर मार्न पाउनुपर्ने वा अन्यत्र जंगलमा लगेर पु¥याउनुपर्ने किसानको माग छ । बाँदर नियन्त्रणका लागि आगामी माघमा बैठक बसेर स्थानीय सरकार समक्ष माग राख्ने निर्णय गरिएको बाँदर व्यवस्थापन समितिका अध्यक्ष घिमिरेले बताए । खेतबारीमा लगाएको मकै, गहुँ, कोदो, अलैंची, आलु, धान, मास, दाल, करेला, सुन्तला, कागती, केरा लगायतका बालीनाली सखाप बनाइदिने गरेका कारण किसान आजित छन् ।
माथी तस्विरमा : बाँदर धपाउनका लागि छलफल गर्दै किसानहरु । तस्विर चिसाङ, २०७५ मंसिर १६ गते साँझ ६:३३ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology