• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

किरात रदु नाछिरिङ साखाम (केन्द्र)को सातौं अधिबेसन उद्घाटन

किरात रदु नाछिरिङ साखाम (केन्द्र)को सातौं अधिबेसन उद्घाटन


समायोजन खबर
  • शनिबार, मंसिर १५ २०७५

  • समायोजन खबर खोटाङ,
    नाछिरिङ राईको संस्था किरात रदु नाछिरिङ साखाम (केन्द्र)को सातौं अधिबेसन उद्घाटन भएको छ । नाछिरिङ राईको जन्मदेखि मृत्युसम्मका संस्कार, संस्कृति, रितिरिवाजको विवरण संकलन एबं वर्ण निर्धारण लगायतका काम टुंग्याए पश्चात शनिबार धरानमा किरात रदु नाछिरिङ साखाम (केन्द्र)को अधिबेसन उद्घाटन गरिएको हो । पुर्वी नेपालमा बसोबास गरिरहेका नाछिरिङ राईको संगठन साखामको अधिबेसन प्रदेशसभा सांसद राजन राईले उद्घाटन गर्नुभएको हो । अधिबेसन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न हुने किरात रदु नाछिरिङ साखाम (केन्द्र)की उपाध्यक्ष कमलकुमारी राईले बताईन् ।

     

    अधिबेसन उद्घाटनसत्रमा किरात राई यायोक्खाका केन्द्रीय अध्यक्ष तिलक राई, जिल्ला समन्वय समिति सोलुखुम्बुका प्रमुख बीरकुमार नाछिरिङ, भाषाबिद डा. तारामणी राई लगायतको उपस्थिति रहेको थियो । अधिबेसनमा खोटाङ, सोलुखुम्बु, भोजपुर, इलाम, पाँचथर, सुनसरी, झापा, ते¥हथुम, मोरङ, काठ्माण्डौं लगायत बिदेशमा बसोबास गरिरहेका नाछिरिङ समुदायका प्रतिनिधिको सहभागीता रहेको छ ।
    २०५३ सालमा गठन गरिएको साखामले २०५७ सालमा मात्र कानूनी मान्यता प्राप्त गरेको थियो । साहित्यकार एबं चित्रकार लैनसिं बाङ्देल संरक्षक र पुर्वक्याप्टेन मानबहादुर नाछिरिङ अध्यक्ष रहेको साखाम २०५७ साल पुस २८ गते जिल्ला प्रशासन कार्यालय काठ्माण्डौंमा दर्ता गरिएको थियो ।

     

    साखामको दोश्रो अधिबेसनबाट भूपु क्याप्टेन मानबहादुर नाछिरिङ नै अध्यक्षमा दोहोरिनु भएको थियो । यस्तै, तेश्रो र चौथो कार्यकालका अध्यक्ष प्रताप नाछिरिङ, पाँचौ कार्यकालका अध्यक्ष निरकुमार नाछिरिङ र छैठौं कार्यकालका अध्यक्ष गृहबहादुर नाछिरिङ चयन हुनुभएको थियो । पुर्वी नेपालका विभिन्न जिल्लामा बसोबास गर्ने नाछिरिङ राईको जनसंख्य करिब १२ हजार रहेको अनुमान गरिएको छ ।
    माथी तस्विरमा : किरात रदु नाछिरिङ साखाम (केन्द्र)को सातौं अधिबेसन उद्घाटन सत्र, तस्विर समायोजन खबर, २०७५ मंसिर १५ गते साँझ ६ :४७ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology