• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

नाछिरिङ राई भाषाको ३९ वटा बर्ण निर्धारण

नाछिरिङ राई भाषाको ३९ वटा बर्ण निर्धारण


समायोजन खबर
  • शनिबार, मंसिर १५ २०७५

  • समायोजन खबर खोटाङ,
    पुर्वी नेपालमा बसोबास गरिरहेका नाछिरिङ राई भाषाको बर्ण निर्धारण गरिएको छ । नाछिरिङ राईको भाषा संरक्षण, पाठ्याक्रम निर्माण एबं पाठ्यापुस्तक प्रकाशन लगायतका प्रयोजनका लागि पहिलोपल्ट स्वर बर्ण र व्याञ्जन बर्ण निर्धारण गरिएको हो । किरात रदु नाछिरिङ साखाम (केन्द्र)को पहलमा बिभिन्न १० जिल्लाका नाछिरिङ समुदायका पुर्खालाई सुनसरीको धरानमा भेला गरेर बर्ण निर्धारणको कामलाई अन्तिम टुंगो लगाइएको हो ।

     

    भाषा, संस्कार र संस्कृतिका बिषयमा जानकार पुर्खालाई मंसिर ९ गतेदेखि १३ गतेसम्म धरानमा भेला गरेर नाछिरिङ राईको जन्मदेखि मृत्युसम्मका संस्कार, संस्कृति, रितिरिवाज लगायतका बारेमा छलफल एबं संकलन पश्चात शुक्रबार वर्ण निर्धारणका काम गरिएको केन्द्रले जनाएको छ । भाषाविद् डा. तारामणी राईको सहजीकरणमा नाछिरिङ भाषाको २६ व्याञ्जन बर्ण र १३ स्वर बर्ण पहिचान गरिएको किरात रदु नाछिरिङ साखाम (केन्द्र)का महासचिव टेक नाछिरिङले बताए ।

     

    केन्द्रका अनुशार भाषाविदको सहयोगमा नाछिरिङ भाषामा ‘क, ख, ग, घ, ङ, च, छ, ज, झ, त, थ, द, ध, न, प, फ, ब, भ, म, य, र, ल, व, स, ह र अलाई व्याञ्जन बणर््कारुपमा पहिचान गरिएको छ । यस्तै, यस भाषामा इ, इः, इ, ए, एः, आ, आः, अ, अः, ओ, ओः, उ र उः स्वर बर्ण पहिचान भएको महासचिव नाछिरिङले बताए । नाछिरिङ भाषाको पाठ्याक्रम तयार पारेर सोही भाषामा पठन–पाठनका लागि बर्ण पहिचानको काम गरिएको हो । विभिन्न जिल्लामा नाछिरिङ राईको जनसंख्य करिब १२ हजार रहेको अनुमान गरिए पनि हालसम्म वर्ण निर्धारणको काम हुन सकेको थिएन । संस्कार, संस्कृति र भाषा संरक्षण अभियानका लागि खोटाङ, सोलुखुम्बु, भोजपुर, इलाम, पाँचथर, सुनसरी, झापा, ते¥हथुम, मोरङ र काठ्माण्डौंबाट नाछिरिङ समुदायका पुर्खालाई एक ठाउँमा भेला गरिएको किरात रदु नाछिरिङ साखाम (केन्द्र)की उपाध्यक्ष कमलकुमारी राईले बताईन् । यसैबीच, धरानमा किरात रदु नाछिरिङ साखाम (केन्द्र)को सातौं अधिबेसन शनिबार सुरु भएको छ ।
    माथी तस्विरमा: नाछिरिङ समुदायका पुर्खा भेला तथा वर्ण पहिचान कार्यक्रममा सहभागी पुर्खाहरु । २०७५ मंसिर १५ गते साँझ ५ः ४९ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology