• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

एघार वर्षपछि ज्यान मार्ने उद्योगका दोषी जेल चलान

एघार वर्षपछि ज्यान मार्ने उद्योगका दोषी जेल चलान


समायोजन खबर
  • शुक्रबार, मंसिर १४ २०७५

  • साँकेतिक तस्विर

    समायोजन खबर खोटाङ,
    जिल्लामा एघार वर्षपछि ज्यान मार्ने उद्योग मुद्धामा दोषी ठहरिएका अभियुक्त जेल चलान भएका छन् । जिल्ला अदालत खोटाङबाट ज्यान मार्ने उद्योगमा २०६४ साल बैसाख २० गते ६ वर्ष ७ महिना १० दिन कैंद सजाय सुनाइएका केपीलासगढी गाउँपालिका–७ सुंदेलका ५६ वर्षीय सानकुमार राई शुक्रबार जेल चलान भएका हुन् ।

     

    अदालतबाट कैंद सजायको फैसला सुनाइए पनि हालसम्म फरार रहेका राईलाई पक्राउ गरेको दोश्रो दिन कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी राजकुमार केसीले बताए । घरैमा लुकिछिपी बसिरहेको सूचनाका आधारमा बिहिबार पक्राउ गरेर शुक्रबार अदालतमा उपस्थित गराइएकामा राईलाई आजै जेल चलान गरिएको प्रहरीले जनाएको छ ।
    २०७५ मंसिर १४ गते साँझ ७ः३४मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology