• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

अग्नी पिडित गुरुलाई विधार्थीले लगाए मल्हम

अग्नी पिडित गुरुलाई विधार्थीले लगाए मल्हम


चिसाङ शेर्पा
  • शुक्रबार, मंसिर १४ २०७५

  • चिसाङ शेर्पा खोटाङ,
    जागिरको शिलसिलामा भक्तपुरमा बस्दै आएका दिक्तेल रत्नपार्कका कृष्ण बजगाँईले आफ्ना गुरु सरस्वती मावि दिक्तेलका शिक्षक कृष्ण कुमार श्रेष्ठका लागि ब्यक्तिगत दश हजार आर्थिक सहयोग गरे । काठमाण्डौै बसोबास गरिरहेका दिक्तेलका सुनिल जोशी, अन्जु भट्टराईले पनि आफ्नो गुरुको पिडामा मल्हम लगाउन सोही बराबरको सहयोग रकम सहयोग गरे ।

     

    बेलायतमा बसोबास गरीरहेकी अप्सरा राई, अन्जना राई, निरकला राई, जमुना राई, जगत नबोदित, क्यानाडाबाट तुलसी कार्की, जापानबाट दिपेन्द्र श्रेष्ठ, अमेरिकाबाट प्रमिला जोशी, बसन्त राई, युवराज आचार्य, कुवेतदेखी दिनेश श्रेष्ठ, लण्डनदेखी जया आचार्य, पोर्तुगलबाट मनिन राई, काठमाण्डौदेखी राज थापा र दिक्तेलका सुनिता राईले जनही ५ हजार सहित अन्यले लगभग गाँसवाँस कपास टुटेका गुरुलाई दिल खोलेर सहयोग गरे । दुःखमा परेका बेला अलिकती भएपनि गुन तिर्ने चेष्टा गरे । उनीहरुसहित गुरुको पिडामा मल्हम लगाउन बनेपा, बीरगञ्ज, धरान, गाईघाट, अमेरिका, लण्डन, क्यानाडा, जापान, कुवेत, दुबाई, पोर्तुगलमा विभिन्न पेशामा रहेका ४१ जना विधार्थी एक भएर सहयोग जुटाए । सहयोगी ४१ जना सोही विद्धालयका विधार्थी हुन् ।

     

    जसरी कार्तिक २३ गते दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१ दिक्तेल रत्नपार्कमा बिहान ३ वजे भिषण आगलागी भएर कृष्ण कुमार श्रेष्ठको १ करोड २५ लाख खरानीमा परिणत भयो । त्यो बेला उनी घरमा दनदनी आगो बलिरहेको हेरीरहे मात्रै । हामी हेर्न कराउन शिवाय केही गर्न सकेनौ । अग्नी पीडित श्रेष्ठले भने, ‘तर अब मेरा हजारौं सहयोगीले गर्दा त्यो बेला कलेटी परेको ओठ विस्तारै ठिक हुंदैछ ।आवाजहरु लर्बराउन छोडेका छन्, रोदनका हिक्काहरु बिर्सदै छु ।, हिड्न लरखराउने खुट्टा ठिक हुदैछ ।’ कहाली लाग्दो दृश्यलाई मेरो सहयोगी भगवानहरुका कारण भुल्दैछु ।’ राहत रकम ग्रहण पछि उनले भने, “त्यो कहाली लाग्दो कालले हामीलाई लान त के छुनसम्म सकेन किन कि मेरा विधार्थी छन्, सहकर्मीहरु छन्, सिङ्गो समाज छ ।” अग्नी पिडित गुरुको जसरी त्यो दिनबाट घरसँगै मन जल्यो सोही दिनबाट गुरुको जलेको मनमा मल्हम लगाउन आतुर भयौं । पिडामा आफूहरु मूर्छित भयौें । फेसवुक ग्रुप च्याटका एकजना अभियान्ताले भने, त्यसैले रातादिना नभनी खाईनखाई चारैतिर छरिएर रहेका विधार्थीहरु मिलेर सानो सहयोग जुटाएका हौं ।

     

    सो विद्धालयबाट २०५२ सालमा एसएलसी (एसईई) परिक्षा उतिर्ण गरि रोजगारी र अध्ययनको शिससिलामा देश तथा विदेशमा रहेका ४१ जना विधार्थीले फेसवुक ग्रुप च्याटको माध्यमबाट आफ्ना गुरुको पिडामा १ लाख ५६ हजार ८५० रुपैयाँले मल्हम लगाएका छन् । काठमाण्डौमा रहेर सवैसँग सहकार्य र समन्वय गरी संकलन गरिएको रकम बिधार्थी बिमला सैंजु राईको नाममा रहेको राष्ट्रिय वाणिज्य बैंकको खातामा जम्मा गरिएको र उनको चेक मार्फत शुक्रबार विद्धालयमा अग्नी पिडित शिक्षक श्रेष्ठलाई प्रधानाध्यापक ध्यानबहादुर राईले चेक हस्तान्तरण गरेका छन् ।यसैगरी, गएको सोमबार सरस्वती माविमा अध्ययनरत कक्षा १ देखी कक्षा १२ सम्मका विधार्थीले ब्यक्तिगत संकलन गरि १ लाख ३२ हजार ७२० रुपैयाँ आर्थिक सहयोग गरेको थियो ।
    हेर्नुहोस कसले कती गरे सहयोग


    यो पनि पढ्नुहोस
    दिक्तेलका अग्नी पीडितलाई महिला सञ्जालको सहयोग
    माथी तस्विरमा :अग्नी पिडित श्रेष्ठलाई सहयोग रकमको चेक हस्तान्तरण गर्दै प्रअ ध्यानबहादुर राई लगायत, तस्विर चिसाङ शेर्पा, २०७५ मंसिर १४ गते बिहान ११ः ३६ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology