• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

स्थानीयले दिए सशस्त्र प्रहरीको भवन बनाउन ७ रोपनी निःशुल्क जग्गा

स्थानीयले दिए सशस्त्र प्रहरीको भवन बनाउन ७ रोपनी निःशुल्क जग्गा


चिसाङ शेर्पा
  • बिहिबार, मंसिर १३ २०७५

  • अनलाईन लोगो अनलाईन लोगो

    चिसाङ शेर्पा खोटाङ,
    जन्तेढुंगा गाउँपालिका सहित आसपासका स्थानमा सुरक्षा दिईरहेको सशस्त्र प्रहरीका लागि स्थानीयले दुईजनाले ७ रोपनी ९ आना जग्गा निःशुल्क प्रदान गरेका छन् । जन्तेढुंगा गाउँपालिका–५ चिसापानीका स्थानीय पुष्प सापकोटा र सिताराम सापकोटाले सशस्त्र प्रहरीको बेशक्याम भवन निर्माणका लागि निःशुल्क जग्गा दान गरेका हुन् । सशस्त्र प्रहरीको भवन बनाउन जग्गा पनि उनीहरुले पास गरि दिईसकेका छन् ।

     

    चिसापानीस्थित होङमापोखरीमा स्थानीयले उपलब्ध गराएको जग्गामा चाडै गाउँपालिकाले सशस्त्र प्रहरीका लागि भवन बनाईदिने गाउँपालिका प्रमुख शंकर बहादुर राईले जानकारी दिए । भवनको लागत स्टामेट आउन बाँकी रहेको छ । आवश्यक बजेट गाउँपालिकाले व्यवस्थापन गर्ने उहाँको भनाई छ । हाल कृषि र पशुसेवा भवनमा कार्यालय सञ्चालन गर्दै आएको सशस्त्र प्रहरीलाई बन्ने नयाँ भवनमा पठाउने र गाउँपालिका सो भवनमा सर्ने गाउँपालिकाले जनाएको छ । यतिबेला गाउँपालिका चिसापानी बजारमा भाडामा बस्दै आएको छ ।
    २०७५ मंसिर १३ गते मध्यान्ह १२ : १६ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology