• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

नाछिरिङ राई भाषाको वर्ण निर्धारण गरिँदै

नाछिरिङ राई भाषाको वर्ण निर्धारण गरिँदै


समायोजन खबर
  • सोमबार, मंसिर १० २०७५

  • अनलाईन लोगो अनलाईन लोगो

    समायोजन खबर खोटाङ,
    नाछिरिङ राई भाषाको वर्ण निर्धारण गरिएको काम थालिएको छ । पुर्वी नेपालमा बसोबास गरिरहेका नाछिरिङ राईको भाषा संरक्षण, पाठ्याक्रम निर्माण एबं पाठ्यापुस्तक प्रकाशन लगायतका प्रयोजनका लागि शनिबारदेखि स्वर बर्ण र व्याञ्जन बर्ण निर्धारणको काम थालिएको हो । किरात रदु नाछिरिङ साखाम (केन्द्र)को पहलमा बिभिन्न ८ जिल्लाका नाछिरिङ समुदायका पुर्खालाई सुनसरीको धरानमा भेला गरेर बर्ण निर्धारणको काम थालिएको हो । खोटाङ, सोलुखुम्बु, भोजपुर, इलाम, पाँचथर, सुनसरी, झापा र मोरङ जिल्लाबाट बोलाइएका पुर्खाको सहयोगमा बर्ण निर्धारणको काम सुरु गरिएको किरात रदु नाछिरिङ साखाम (केन्द्र)की उपाध्यक्ष कमलकुमारी राईले बताईन् ।

     

    पुर्खासँगको छलफल र बहसबाट मंसिर १४ गतेसम्म स्वर बर्ण र व्याञ्जन बर्ण निर्धारणका कामलाई निरन्तरता दिएर अन्तिममा भाषाविद् डा. तारामणी राईको सहयोगमा बर्ण निर्धारणको कामलाई अन्तिम टुंगो लगाइने किरात रदु नाछिरिङ साखाम (केन्द्र)ले जनाएको छ । वर्ण निर्धारणका लागि खोटाङका शिक्षक रामकुमार राई, रमेश राई र सोलुखुम्बुका शिक्षक निरकुमार राईले सहजीकरण गरिरहेका छन् । वर्ण निर्धारणको काम सम्पन्न गरे लगत्तै मंसिर १५ गते किरात रदु नाछिरिङ साखाम (केन्द्र)को अधिबेसन धरानमै गर्ने तयारी गरिएको छ ।
    विभिन्न जिल्लामा नाछिरिङ राईको जनसंख्य करिब १२ हजार रहेको अनुमान गरिए पनि हालसम्म वर्ण निर्धारणको काम हुन सकेको थिएन ।
    २०७५ मंसिर १० गते अपरान्ह ३:४९ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology