• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

लालुपातेद्धारा अग्नी पीडितलाइ आर्थिक सहयोग ( ४ फोटो सहित)

लालुपातेद्धारा अग्नी पीडितलाइ आर्थिक सहयोग ( ४ फोटो सहित)


समायोजन खबर
  • आइतबार, मंसिर २ २०७५

  • समायोजन खबर खोटाङ,
    लालुपाते बहुउद्धेश्यीय सहकारी संस्थाले दिक्तेलका अग्नी पिडितलाई आर्थिक सहयोग गरेको छ । गत कात्तिक २३ गते बिहान ३ बजे भएको भिषण आगलागीबाट बिस्थापित भएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल रत्नपार्कका कृष्णकुमार श्रेष्ठ र अग्नी पिडित अम्बीका बुढाथोकीको घरमा कपडा पशल र होटल गर्दैआएका अग्नी पिडित रमेश कुमार खत्रीलाई आर्थिक सहयोग गरेको हो । सहकारीले आफ्ना शेयर सदस्य रहेका श्रेष्ठ र खत्रीलाई जनही ११ हजारका दरले सहानुभुती स्वरुप सहयोग प्रदान गरेको हो ।

    अग्नी पीडित रमेश कुमार खत्रीलाई सहयोग रकम दिइदै

    २०७२ साल मंसिर १० गते दिक्तेलमा सेवा सुरु गरेको सहकारीको बार्षिकोत्सवको अवशरमा श्रेष्ठलाई लालुपाते बहुउद्धेश्यीय सहकारी संस्थाका उपाध्यक्ष हरिहर श्रेष्ठले अग्नी पिडित श्रेष्ठलाई तथा लेखा समिति सदस्य रमा शाक्यले अग्नी पिडित खत्रीलाई राहत प्रदान गरेका हुन् । अग्नी पिडितलाई सहकारीले स्थापना गरेको विपद व्यवस्थापन कोषबाट राहत प्रदान गरिएको लालुपाते बहुउद्धेश्यीय सहकारी संस्थाका अध्यक्ष अनिल जोशीले बताए ।

    व्यवसायी राजु श्रेष्ठलाई ‘विबेकशिल नागरिक सम्मान गर्दै पत्रकार दमन राई बायाँ

    यस्तै, सहकारीले दिक्तेलमा भएको आगलागीमा जनधन जोगाउनका लागि महत्वपूर्ण भूमीका निर्वाह गरेकामा रत्नपार्कका व्यवसायी राजु श्रेष्ठलाई ‘विबेकशिल नागरिक सम्मान’ गरेको छ । आगलागी भएको थाहा पाए लगत्तै रातका समयमा दिक्तेलबजारका घरघरमा पुगेर ढोका ढकढकाउँदै ब्युँझाएकामा सहकारीले श्रेष्ठलाई ११ हजार नगद सहित ‘विबेकशिल नागरिक सम्मान’ प्रदान गरेको हो । आफ्नो घर परिवारको परवाह नगरी उद्धारमा महत्वपूर्ण भूमीका निर्वाह गरेका श्रेष्ठलाई नेपाल पत्रकार महासंघ शाखा खोटाङका अध्यक्ष दमन राईको हातबाट नगद हस्तान्तरण गरिएको हो । सहकारीकै १ लाख राशीको सम्मान अक्षय कोषबाट श्रेष्ठलाई सम्मान गरिएको अध्यक्ष जोशीले बताए ।


    माथी तस्विरमाः राहत रकम हस्तान्तरण गरिदै, तस्विर चिसाङ शेर्पा, २०७५ मंसिर २ साँझ ७ : ५७ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology