• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

धार्मिक तथा पर्यटकीय स्थल बराहपोखरीमा मेला सुरु

धार्मिक तथा पर्यटकीय स्थल बराहपोखरीमा मेला सुरु

भक्तजनहरुले अव यस्ता नियम अनिवार्य पालना गर्नुपर्ने


समायोजन खबर
  • आइतबार, मंसिर २ २०७५

  • समायोजन खबर खोटाङ,
    हरिवोधनी एकादसीको अघिल्लो रातबाट सुरु हुने खोटाङको पर्यटकीयस्थल बराहपोखरीमा मेला लागेको छ । बराहापोखरी गाउँपालिका–१ स्थित बराहपोखरीमा मेला भर्न र शंखेश्वरी महादेवको दर्शन गर्न जिल्ला भित्र तथा वाहिरबाट आएका दर्शनार्थीको बाक्लो घुँईचो लागेको छ । बराहपोखरीमा बिशेषगरी हरिवोधनी एकादसीको दिन र त्यसको अघिल्लो रात ठूलो मेला लाग्ने गरेको छ ।

     

    ३ सय ३० मिटर लम्वाई र २ सय १० मिटर चौडाई भएको पोखरीको पानीले स्नान गर्दा रोग व्याधि निको हुने तथा आफ्नो मनोकांक्षा पूरा हुने धार्मिक मान्यता अनुसार बराहपोखरीमा दर्शनार्थी तथा धामीझाँक्रीहरुको भिड लाग्ने गर्दछ । बराहपोखरीमा लागेको मेलामा ढोल ढ्यांग्रो बजाउँदै सयौंको संख्यामा धामी झाँक्रीको टोली आएका छन् भने दर्शनार्थीले हजारौं जोडी परेवा उडाएका बराहापोखरी गाउँपालिकाका प्रमुख शालिकराम बञ्जराले जानकारी दिए ।

     

    प्रत्येक हरिबोधनी एकादशीका दिन मेला लाग्ने पोखरीको पश्चिम किनारामा रहेको शंखेश्वर महादेव मन्दिरको वरिपरी आफ्नो पितृको सम्झनामा भजन कृर्तन र रुद्रीपाठ गरिन्छ । खोटाङ बाहेक उदयपूर, भोजपुरबाट दर्शनार्थी आउने मेला अवधिभर वालन र संगिनी नाच्ने चलन छ । बराहपोखरीमा हरेक रामनवमी, शिवरात्री, बालाचतुर्दशी, माघे संक्रान्तीका दिन सतबीज छर्ने चलन छ । बराहपोखरीमा विश्वकै दुर्लभ रातो माछा पाईन्छ ।

    बराहापोखरि मेलामा सहभागि हुन आउनुहुने भक्तजनहरुले पालना गर्नुपर्ने नियमहरु

    १. परेवा उडाउदा उड्न सक्ने परेवाहरु मात्र उडाउनु पर्ने छ ।
    २. यस मेलामा व्यापार व्यावसाय सञ्चालन गर्न चाहने व्यावसायीहरुले वडा कार्यालय तथा बराहापोखरि गाउपालिकाको निर्णयअनुसार निर्धारण गरेको बजार कर बुझाएर मात्र व्यवसाय सञ्चालन गर्न सकिने छ ।
    ३. मेलामा धुम्रपान मध्यपान गरी होहल्ला झै–झगडा गर्न पाईने छैन ।
    ४. मेला क्षेत्र भित्र डायस, जुवातास, रिङ, जादु जस्ता खेलहरु खेलाउन पाईने छैन । यस्तो कार्य गरेको पाईएमा मेलामा सुरक्षार्थ खटिएका सुरक्षाकर्मीबाट कानुन बमोजिम कडाभन्दा कडा कारवाही गरिनेछ ।
    ५.बराहापोखरीमा सञ्चालन हुने पानीवोट (डुङगा) सञ्चालक समितिको अनुमतिबाटमात्र सवार गर्न पाईने छ ।
    ६. वोटमा सवार गर्दा भएको सिटअनुसार मात्र सवार गर्न पाईने छ ।
    ७. वोटमा सवार गर्दा तोकिएको शुल्क तिरेर मात्र सवार गर्न पाईने छ ।
    ८. वोटमा सवार गर्दा पालना गर्नुपर्ने नियमहरु बिपरित कार्य गरि कुनै घटना मानवीय क्षेती भएमा या भए गराएमा बजार व्यवस्थापन तथा बराहपोखरी गाउँपालिका जबाफदेही हुने छैन ।
    आयोजक
    मेला तथा बजार व्यवस्थापन समिति तथा बराहपोखरी गाउँपालिका कार्यपालिकाको कार्यालय बराहपोखरी खोटाङ

    २०७५ मंसिर २ गते दिउँसो २ : ५७ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology