चिसाङ शेर्पा खोटाङ,
तराईका जिल्लासँग जोड्ने सबैभन्दा छोटो मार्ग दिक्तेल–खानीडाँडा–रेग्मिटार सडक कालोपत्रेको लागि सिलन्यास गरिएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको २१ करोड १ लाख ८८ हजार १५३ को लागतमा दिक्तेल–खानीडाँडा–रेग्मीटार सडकको करीव ११ किलोमिटर सडकको कालोपत्रे गर्ने कामको विधिबत रुपमा शिलन्यास गरिएको छ ।
२०७५ असोज १ गते सम्झौता भई आगामी १८ महिनाभित्र कालोपत्रे सम्पन्न गर्ने गरी याक्तुहाङ साप सिरुवा जेभी बानेश्वर काठमाण्डौले जिम्मा लिएको सडकको शनिबार बिहान दिक्तेल अस्पताल नजिक जिरो प्वाइन्टमा प्रतिनिधिसभाका सदस्य बिशाल भट्टराईले पुजाआजा सहित स्काभेटरले सडक खनेर शिलन्यास गरेका छन् । नाली, रिटेनिङ वाल सहित छ दशमलव २५ मिटर चौंडा हुने सडकको तीन दशमलव ७५ भागमा कालोपत्रे हुने राष्ट्रिय पुनःनिर्माण जिल्ला आयोजना कार्यान्वयन इकाई आवास व्यवस्थापन तथा पूर्वाधार कार्यालय खोटाङका प्रमुख सागर आचार्यले जानकारी दिए ।

पुजाआजा गरिदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको अस्पताल चोकबाट हलेसी तुवाचुङ नगरपालिकाको राजापानी (रेग्मिटार) जोडिने सडकको कालोपत्रेको काम २०७६ साल चैत मसान्तसम्ममा पूरा गर्नुपर्ने प्राधिकरण र निर्माण कम्पनीबीच भएको सम्झौतामा उल्लेख छ । सिलन्यास भएसँगै कालोपत्रेको काम धमाधम सुरुवात गरिने याक्तुहाङ साप सिरुवा जेभीका निर्देशक कल्याण दाहालले बताए ।
दिक्तेलबाट आहालेसम्म र राजापानीतर्फबाट केही भाग ट्रयाक खोलिए पनि राजापानीको बीचमा पर्ने घर्ती भीरमा ट्रयाक जोडिन बाँकी छ । ट्रयाक खोल्न बाँकी भाग नगरपालिकासँगको सहकार्यमा खोल्ने र बाँकी खण्ड कालोपत्रेका काम अघि बढाइने जनाइएको छ । सगरमाथा लोकमार्गसँग जोडिने उक्त सडकको रेग्मीटार–फोक्सिङ्टार र रेग्मीटार–महुरे कालोपत्रे भइरहेको छ ।

योजनाको विवरण
जिल्लाका आन्तरिक सडकमध्ये दिक्तेल–खानीडाँडा–आहाले सडक कालोपत्रे गर्न लागिएको सबैभन्दा पहिलो हो । सडक कालोपत्रेमा संलग्न निर्माण कम्पनी स्थानीय सरकार र सरोकारवाला सबै मिलेर तोकिएकै समयमा कालोपत्रेको काम समापन गर्नमा सबै लाग्नुपर्ने कार्यक्रममा सहभागी अतिथिहरुले बताएका छन् । कालोपत्रेपछि जिल्ला अस्पतालले रेफर गरेका विरामीलाई मनमाया राई खानीडाँडा विमानस्थल प्रयोग गर्न सबैभन्दा सहज हुनेछ ।
माथी तस्विरमा : सडक खनेर शिलन्यास गर्दै प्रतिनिधिसभा सदस्य बिशाल भट्टराई, तस्विर चिसाङ, २०७५ मंसिर १ गते मध्यान्ह १ : २३ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology