• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

समाचार प्रभाव : टुहुरा बालबच्चालाई ५० हजार सहयोग प्राप्त

समाचार प्रभाव : टुहुरा बालबच्चालाई ५० हजार सहयोग प्राप्त


समायोजन खबर
  • शुक्रबार, कार्तिक ३० २०७५

  • समायोजन खबर खोटाङ,
    बाबुआमाको मृत्यु भएपछि बिचल्नीमा परेका खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका ७ बालबच्चालाई आर्थिक सहयोग प्राप्त भएको छ । करेन्ट लाग्दा गत साउन १८ गते ज्यान गुमाएका हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका चन्द्र किरात र अनिच्छुक गर्भपतन गराउनेक्रममा स्वास्थ्यकर्मीको त्रुटीका कारण २०७३ साल भदौ १९ गते जिल्ला अस्पतालमा ज्यान गुमाएकी तलकुमारी राईका ५ छोरी र २ छोरालाई जाईका एलमनाई एसोसियसन अफ नेपाल (जान) का प्रेसिडेन्ट डा. रामचन्द्र भुसालले ५० हजार सहयोग गरेका हुन् । गत कात्तिक २७ गते नागरिक दैनिकमा प्रकाशित ‘१६ वर्षको उमेरमा ६ भाईबहिनीको अभिभाबक’ शिर्षक समाचारका आधारमा डा. भुसालले टुहुराटुहुरी बालबच्चालाई सहयोग रकम पठाएका हुन् ।

     

    नेपाल रिपब्लिक मिडियामार्फत खोटाङ सम्बाददाता दमन राईको खातामा जम्मा भएको रकम शुक्रबार जिल्ला समन्वय समिति खोटाङको सहभाहलमा आयोजित कार्यक्रममा प्रतिनिधिसभा सदस्य बिशाल भट्टराईले राई परिवारकी जेठी छोरी बुङाटुङ चामलीङलाई हस्तान्तरण गरेका छन् । बाबुआमा गुमाएपछि बिचल्नीमा परेका टुहुरा बालबच्चाको लालनपालन एबं उच्च शिक्षा अध्ययनका लागि डा. भुसालले सहयोग रकम प्रदान गरेका हुन् ।

     

    बिचल्नीमा परेका ४ वर्षदेखि १६ वर्ष उमेरका बालबच्चालाई यसअघि हङकङ, मलेसिया र साउदीअरबमा रहेका शुभेच्छुकबाट पनि आर्थिक सहयोग प्राप्त भएको थियो । अभिभाबक बिहिन बनेका बालबच्चाको जीवन–यापन, शिक्षा दिक्षा एबं उज्वल भबिष्यको लागि शुभेच्छुकको पहलमा सहयोग रकम संकलन अभियान जारी रहेको धितुङका वडाध्यक्ष पृथीराज राईले बताए ।

     

    बालबच्चाको नाजुक अवस्था भएपछि केही समयअघि हलेसी तुवाचुङ नगरपालिकाकी उपमेयर राईले आफ्नो पारिश्रमिकबाट २० हजार १ सय २० रुपैयाँ प्रदान गरिसकेकी छन् । यस्तै, जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबी चामलीङले पनि आफ्नो असोज महिनाको २० दिनको पारिश्रमिक बराबर २० हजार सहयोग गरेका थिए । जिसस प्रमुख चाम्लिङले बाबु आमाको मृत्यु भएपछि अभिभावकबिहिन बनेका बालबालिकामध्ये एक जनाको अभिभावकत्व ग्रहण गर्ने समेत घोषणा गरेका छन् ।
    माथी तस्विरमा : बाबुआमा बिहिन बुङाटुङ चामलीङलाई सहयोग रकम हस्तान्तरण गर्दै प्रतिनिधिसभा सदस्य बिशाल भट्टराई ।२०७५ कार्तिक ३० गते राती ८ : ५२मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology