• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

स्थानीय पुर्वाधार विकास साझेदार कार्यक्रम सार्वजनिक

स्थानीय पुर्वाधार विकास साझेदार कार्यक्रम सार्वजनिक


चिसाङ शेर्पा
  • शुक्रबार, कार्तिक ३० २०७५

  • चिसाङ शेर्पा खोटाङ
    खोटाङमा स्थानीय पुर्वाधार विकास साझेदार कार्यक्रम अन्तरगत आर्थिक वर्ष २०७५/०७६ अन्तरगत छनौट भएका योजनाहरु सार्वजनिक गरिएको छ । जिल्लामा रहेको दश स्थानीय तहका लागि सर्वदलीय, सर्वपक्षीय छलफलबाट पारित भएको योजनाहरु सार्वजनिक गरिएको हो ।

     

    जिल्ला समन्वय समितिको हलमा शुक्रबार भएको पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार केपिलासगढी गाउँपालिकामा शुक्रबारे–पत्करु–मैयुङ सडकमा १५ लाख र सुङदेल–साल्पा पर्यटन सडकका लागि १५ लाख, ऐसेलुखर्क गाउँपालिकामा जलेश्वरी–देम्लिटार सडकमा तीस लाख, रावाबेंशी गाउँपालिकाको निगाले–जौबारी–नुनथला चौकी सडकका लागि २० लाख, हलेसी तुवाचुङ नगरपालिकामा रेग्मीटार–भाँडबेशी–हलेसी सडकलाई ५० लाख र माल्खु–चुरीबन–शायखु– ताराखसे सडकका लागि १३ लाख, साकेला गाउँपालिकाको कृषिबाली विज्ञान साकेला माविको भवन निर्माणमा ५० लाख, टेम्के कर्मदोर्जे निर्माणाधिन गुम्बा निर्माण र सडक निर्माणका लागि २० लाख र दिप्रुङ चुईचुम्मा गाउँपालिकाको छोरम्बुमा कोल स्टोर निर्माण तथा याम्खा–काहुले–स्यालगौडे छितापोखरी सडक स्तरोन्नतीका लागि तीस लाख बजेट छुट्याइएको प्रतिनिधिसभाका सदस्य बिशाल भट्टराईले बताए ।

     

    यसैगरी, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा भने पाँचवटा योजना छनौट गरिएको छ । नगरपालिकाको महुरेगढी प्राविधिक शिक्षालय भबन पुर्वाधार निर्माणमा बीस लाख, छिप्तिबेशीटोल दिखुवा सडकलाई १७ लाख, मनमाया राई खानीडाडा विमानस्थल–भुलभुले ढकालबेशी सडकलाई बीस लाख, काहुले चिउरीडाँडा लामदुवाली सडक स्तरोन्नतीमा बीस लाख र पुरानो बैंकचोक पोखरी सिढी निर्माणमा १० लाख, खोटेहाङ गाउँपालिकामा ईन्द्रेणीपोखरी पर्यटन क्षेत्र विकासमा बीस लाख, गारेखोला खानेपानी आयोजना लिच्किराम्चेका लागि १० लाख, जन्तेढुंगा गाउँपालिकामा चुम्लुङ–खाम्तिङ–रेभुवा सडकका लागि बीस लाख र बराहपोखरी गाउँपालिकाको रुम्दु–फोक्सिङटार सडक बराहपोखरीलाई १० लाख र सुन्तले–साकुमा सडक सुन्तलेका लागि १० लाख बजेट छुट्याइएको छ । संसदीय कोषको चार करोड बजेटबाट बिभाजन गरेर योजनाहरु छनौट गरिएको हो ।
    माथी तस्विरमा : छनौट भएका योजनाहरु सार्वजनिक गर्दै प्रतिनिधिसभा सदस्य बिशाल भट्टराई,२०७५ कार्तिक ३० गते राती ८ : ४१ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology