चिसाङ शेर्पा खोटाङ,
धार्मिक तथा पर्यटकीयस्थल भुलभुले दुधकुण्ड देउधाममा पर्यटन प्रवद्र्धनका लागि थप गरिएको नयाँ संरचना नभत्कने भएको छ । मध्यपहाडी लोकमार्गमा पर्नेे दिक्तेल–चखेवा भन्ज्याङ सडक अन्तरगत सो देउधाम नजिकैको सरुवा (भुल्के) खोेलामा पक्की पुल बन्ने भएपछि उक्त संरचनामा असर पुग्ने र निकट समयमा भत्किन्छ भन्ने अफवाह फैलाइएको थियो ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पामा अवस्थित भुलभुले दुधकुण्ड देउधाम जोखिममा परेको भनेर भ्रामक समाचार आएपछि शुक्रबार दिक्तेलबाट प्रतिनिधिसभा सदस्य बिशाल भट्टराई, प्रदेशसभा सदस्यद्धय रामकुमार राई पासाङ, राजन राई, नगरप्रमुख दिपनारायण रिजाल, उपप्रमुख विणादेबी राई, पत्रकारको टोली लगायत निरिक्षणमा गएको थियो । यद्यपी, त्यहाँ पुगेर स्थलगत रिपोट बुझ्दा बन्दै गरेको पक्की पुलले कुनै असर नगर्ने पुष्टि भएकोे छ ।

अवलोकन गरिदै
लोकमार्गको दिक्तेल–चखेवा भन्ज्याङ सडक अन्तरगत सो खोलामा सगरमाथा घिमिरे निर्माण सेवाले ३ करोड ४४ लाख लगानीमा बनाईरहेको १५ मिटर लम्बाई पक्की पुलले धार्मिक तथा पर्यटकीयस्थल भुलभुले दुधकुण्ड देउधामलाई कुनै असर नगर्ने मध्यपहाडी सडक आयोजनाका ईन्जिनियर भरत आचार्यले बताए । २०७४ माघ १९ गते सम्झौता भएको आरसिसि डेग स्लाभ पुलको हाल जग खन्ने काम भईरहेको छ । पुल आगामी २०७६ बैशाख १९ गते सम्पन्न गर्नुपर्नेछ ।
केही समयअघि नगरपालिकाले ४० लाखको खर्चमा भुलभुलेमा पर्यटन प्रवद्र्धनका लागि देउधामको कम्पाउण्डभित्र काटिएका ढुंगा ओछ्याइएको, घुमफिरकाक्रममा बिश्रामका लागि छाना सहितको ५ वटा फलामे बेञ्च, ७ वटा ढुंगे धारा निर्णोद्धार, बीचमा गणेशको मुर्ती राखिएको राउण्ड पोखरी, जलपादेबीको मन्दीर, बगैंचा, रातका लागि नाईट बत्ती, सिँढी, रेलिङ, फोहोर फाल्ने टोकरी, जुत्ता चप्पल राख्ने ¥याक, तस्बिर सहितको सूचना पार्टी लगायतका संरचना निर्माण गरिएको छ ।
माथी फोटोमा : भुलभुले दुधकुण्ड देउधाममा अवलोकन गरिदै, तस्विर चिसाङ शेर्पा, २०७५ कार्तिक ३० गते राती ८ : १३ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology