समायोजन खबर खोटाङ,
जिल्लाको दुर्छिम चुमाखुका राजकुमार राईको मंगलबार राती घर जलेर नष्ट भएको छ । आगलागीमा हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम चुमाखु निवासी राईको पाँच लाख बराबरको क्षती भएको प्रहरीले जनाएको छ । आगलागीमा घर जलेसँगै राई परिवारको बिचल्ली भएको छ ।
रातका समय आगलागी भएको र पानी अभावका कारण आगोबाट घर तथा घरमा भएका थोकबस्तु जोगाउन नसकिएको ईलाका प्रहरी कार्यालय हलेसीले जनाएको छ । अकस्मात घरको धुरीमा देखिएको आगलागीको कारण खुल्न सकेको छैन ।
२०७५ कार्तिक २८ गते राती ८ : ३९ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology