• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

चक्कु प्रहार गरी आफ्नै श्रीमतीको हत्या

चक्कु प्रहार गरी आफ्नै श्रीमतीको हत्या


समायोजन खबर
  • सोमबार, कार्तिक २६ २०७५

  • समायोजन खबर खोटाङ,
    चक्कु प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा खोटाङका एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले श्रीमती हत्याको अभियोगमा खोटाङको जन्तेढुंगा गाउँपालिका–१ देविस्थान घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका–१० माउण्ट कैलाशडाँडा कपनमा डेरा गरि बस्ने ४० वर्षीय सुबास राईलाई आइतबार राती प्रहरीले पक्राउ गरेको हो ।

     

    सामान्य विवाद परेपछि आफ्नै कोठामा ३५ वर्षीया श्रीमती प्रमिला राईको चक्कु प्रहार गरी हत्या गरेको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । चक्कु प्रहार लगत्तै घाइते भई उपचारको लागि हेल्पिङ हेण्ड अस्पताल चावहिल लगिएकी प्रमिलाको उपचारको क्रममा ज्यान गएको थियो । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
    २०७५ कार्तिक २६ गते अपरान्ह २  : ४९ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology