• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

अग्नी पिडितका लागि २ लाख ८१ हजार राहत रकम संकलन

अग्नी पिडितका लागि २ लाख ८१ हजार राहत रकम संकलन


चिसाङ शेर्पा
  • आइतबार, कार्तिक २५ २०७५

  • चिसाङ शेर्पा खोटाङ,
    दिक्तेलबजारमा अग्नी पिडितका लागि राहत रकम संकलन गरिएको छ । दिक्तेल रत्नपार्कमा घरसहित सम्पुर्ण सामग्री जलेर बिचल्नीमा परेका दुई अग्नी पिडित परिवारसहित अन्यका लागि राहत रकम संकलन गरिएको हो ।

     

    कार्तिक २३ गते बिहान साढे तीनबजे लागेको आगोले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित रत्नपार्कमा पुर्णरुपमा दुई घर जलेर बिचल्नीमा परेका कृष्ण श्रेष्ठ र अम्बिका वुढाथोकी तथा अस्मिता बुढाथोकीलाई सहयोगार्थ दिक्तेलमा राहत संकलन गरिएको हो ।जिल्लामा क्रियाशिल ११ वटा संघसंस्थाहरुले संयुक्त रुपमा आइतबार राहत संकलन गरेको अभियान्ता प्रमोद श्रेष्ठले बताए । अभियानले २ लाख ८१ हजार ७ सय ५१ रुपैयाँ संकलन गरेको छ ।

     

    आगलागीमा श्रेष्ठको १ करोड २५ लाख, वुढाथोकीद्धयकी संयूक्त रुपमा १ करोड २४ लाख, बुढाथोकीको घरमा डेरा गरि बस्ने सावित्रा माविका शिक्षक अब्दुल अहिम राईनको करीब ६२ हजार, उनकै घरमा कपडा पसल र होटल संचालन गरेर बसेका रमेश खत्रीको ३५ लाख ३० हजार तथा आंशिक क्षति भएका नविन गुरुङ र राजु श्रेष्ठको करीब ६ लाख क्षति भएको थियो ।संकलित रकम अग्नी पिडित परिवारलाई सोमबार बिहान उधोग बाणिज्य संघको कार्यालयमा पत्रकार सम्मलेन गरी हस्तान्तरण गरिनेछ ।
    क्याप्सनः राहत रकम संकलन गर्दै अभियान्ताहरु, तस्विर चिसाङ शेर्पा, २०७५ कार्तिक २५ गते साँझ ७ :४७मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology