चिसाङ शेर्पा खोटाङ,
खोटाङको दिक्तेलबजारमा विधुत सर्ट भएर आगलागी हुंदा दुई घर पुर्णरुपमा जलेर नष्ट भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित रत्नपार्कमा गएराती आगलागी हुंदा अम्बिका बुढाथोकी र कृष्ण श्रेष्ठको घर जलेर नष्ट भएको छ ।
गएराती साढे तीनवजेबाट बिहान करीव साढे पाँजवजेसम्म आगो नियन्त्रणमा आउदा स्थानीय राजु श्रेष्ठ, रविध्वज राई र पेले गुरुङको घरमा आशिंक क्षति पुगेको छ । पुर्णरुपमा क्षति पुगेको दुइ घर सहित अन्य घरको क्षतिको विवरण आँउन वाँकी रहेको प्रहरीले जानकारी दिएको छ ।
जिल्लामा अग्नि नियन्त्रक वारुण यन्त्र नहुंदा आगो नियन्त्रण गर्न समस्या भएको थियो । प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, स्थानीयवासीले खानेपानीको पाईप काटेर बाल्टीमा पानी वोकेर दुइ घण्टामा आगो नियन्त्रयणमा लिएको थियो ।
२०७५ कार्तिक २३ गते बिहान ७ :०९ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology