• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

दुवेकोलमा जीप दुर्घट्ना, ६ जना घाईते, ४ गम्भिर

दुवेकोलमा जीप दुर्घट्ना, ६ जना घाईते, ४ गम्भिर


समायोजन खबर
  • मंगलबार, कार्तिक २० २०७५

  • सांकेतिक तस्विर।

    समायोजन खबर खोटाङ,
    खोटाङको ऐसेलुखर्कका लागि काठमाण्डौवाट यात्रु लिएर त्यसतर्फ जाँदै गरेको बुलेरो जीप दुर्घटनामा ६ जना घाईते भएका छन् । रावावेशी गाउँपालिका– ५ दुवेकोलस्थित स्याखुने खोल्सामा बा १ ज ५६२७ नम्बरको जीप दुर्घटना ४ जना यात्रु भने गम्भिर घाईते भएका छन् ।

     

    जसमा एसेलुखर्क गाउँपालिका–६ का ७२ वर्षीय हर्क बहादुर भटटराई, ऐसेलुखर्क गाउँपालिका–२ का २७ वर्षीय जर्मनकुमार भूजेल, उनकी श्रीमती २७ वर्षीय सरिता भूजेल र परिचय नखुलेका चालक गम्भिर घाइते भएको रावावेशी गाउँपालिका अध्यक्ष लिलानाथ निरौलाले जानकारी दिए ।

     

    गम्भिर घाईते ४ जनालाई थप उपचारको लागि काठमाण्डौं र धरानको वी.पी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाईएको गाउँपालिका प्रमुख निरौलाले बताए । सुनसरीको तरहरा मोली १९ की ४० वर्षीय खेम कुमारी बस्नेत र सोलुखुम्बु जुबु –४ का २६ वर्षीय संदिप गुरुङ भने समान्य घाईते भएका छन् । उनिहरुको प्राथमिक स्वास्थ्य चौकी ऐसेलुखर्कमा उपचार भईरहेको जनाईएको छ ।
    २०७५ कार्तिक २० गते साँझ ५  : ३३ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology