• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

उत्कृष्ट पाँच बिधार्थी पुरस्कृत

उत्कृष्ट पाँच बिधार्थी पुरस्कृत


समायोजन खबर
  • आइतबार, कार्तिक १८ २०७५

  • सांकेतिक तस्विर।

    समायोजन खबर खोटाङ,
    ईमानसिंह सोमलक्षी राई शिक्षा पुरस्कार अक्षयकोषले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर ३ बाम्राङका पाँच बिधार्थीहरुलाई आइतबार पुरस्कृत गरेको छ । अक्षयकोषकोे बार्षिक साधारणसभाको अबसरमा बिद्यार्थीहरुलाई पुरस्कृत गरेको हो ।

     

    २०७४ सालको एसईईमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वाम्राङबाट सर्बोत्कृष्ट अङ्क प्राप्त गर्ने साबित्रा माबि बाम्राङका छात्र सङ्गम राई र सन्दिप खत्री पुरस्कृत भएका हुन् । यस्तै, सोहि बिद्धालयबाट कक्षा ९ मा पहिलो हुने छात्रा बिपना राई तथा कक्षा ८ मा सर्बाेत्कृष्ट अंक प्राप्त गर्ने छात्रा आस्मा भण्डारी र सुर्केडाँडा निमाबिका छात्र यूबराज खत्री पुरस्कृत भएका हुन् ।

     

    अक्षयकोषको प्राप्त ब्याजबाट बार्षिकरुपमा उत्कृष्ठ बिद्यार्थीहरुलाई बार्षिकरुपमा पुरस्कृत गरिदै आएको अक्षयकोषका सचिब केशरकुमार राईले बताए । कोष जिल्लामै शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान गर्नुहुने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर ३ बाम्राङ निबासी ईमानसिंह राई र उहाँको धर्मपत्नी स्वार्गिय सोमलक्षी राईको नाममा २०७५ बैसाख १८ गते ३ लाख १० हजार राशीमा अक्षयकोष स्थापना भएको थियो ।
    २०७५ कार्तिक १७ गते साँझ ७  :३९ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology