• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

खोटाङमा दुई महिलाबीच हातपात हुंदा दुबैजना घाइते

खोटाङमा दुई महिलाबीच हातपात हुंदा दुबैजना घाइते


चिसाङ शेर्पा
  • शनिबार, कार्तिक १७ २०७५

  • अनलाईन लोगो अनलाईन लोगो

    चिसाङ शेर्पा खोटाङ,
    दिक्तेलमा दुईजना महिलाहरुविच झगडा हुंदा दुबैजना घाईते भएका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ चिउरीडाँडा दोर्पाकी यौन दुव्र्यबहारमा परेकी ३३ वर्षीय महिला र यौन दुव्र्यबहारको आरोप लागेका श्रीमानका श्रीमती सोही स्थानका (हाल दिक्तेलबजार बस्दै आएकी) रस्मिता आचार्य चौहान बिच हातपात हुंदा दुवैजना घाईते भएका हुन् ।

     

    शनिबार बिहान दिक्तेलस्थित आफ्नो पसलको सामान काटीमा झुण्डाउदै गर्दा एक्कासी आएर अभद्र व्यवहार गर्दै श्रीमानको खोजी गरी पार्किङ गरेको मोटरबाईक नै लडाई दिएर जथाभावी बोलेपछि दुवै पक्षको हात हालहाल भएको पिडित महिला रस्मिताले बताईन् । रस्मिताको आखाँ, निधार, पछाडी कुमको पातामा असर पुगेको छ ।

     

    यसअघि नै यौन दुव्र्यवहारमा परेकी महिलाले भने, शनिबार बिहान आफ्नो छोरालाई गाइघाट पठाउन रत्नपार्कमा वस चढाएर फर्कने क्रममा ‘मेरो श्रीमानलाई किन केष गरीस भन्दै’ गाली, बेइज्जत गरेर कपाल तानी लडाएको बताएकी छन् । रस्मिताको हातपातबाट पिडित महिलाको कपडा च्यातिएको छ । शरीरमा निलडाम र विशेषगरी घाँटीको पछाडी भागमा असर पुगेको छ । आफूलाई हातपात गर्दा सबैजना मुकदर्शक भएको र उनै रस्मिताको साथीले छुट्याएपछि भाग्दै प्रहरी बुथ रत्नपार्क पुगेर हार गुहार गरेर प्रहरी समक्ष पुगेपछि सादा पोशाकका प्रहरीले जिल्ला प्रहरी कार्यालय बाहिर पु-याईदिएको उनले बताईन् ।

     

    दुवै पक्षले आवाश्यक अनुसन्धान गरीदिन भनि प्रहरीमा निवेदन दिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरिक्षक केशव कट्वालले बताए । दुवैलाई उपचारमा पठाएको र घट्नाको वारेमा प्रहरीले थप अनुसन्धान गर्ने प्रहरीले जनाएको छ । दुई महिलाविच पुराना रिसिवीका कारण हातपात भएको अनुमान गरिएको छ । पिडित दुई महिलामध्ये रस्मिताको श्रीमान लिला चौहान चिउरीडाँडाका वडाध्यक्ष हुन् । उनलाई घट्नामा संलग्न ३३ वर्षीय महिलाले जिल्ला अदालतमा यौन दुव्र्यवहार गरेको भन्दै यसअघि मुद्दा हालेकी छन् ।

     

    यता, नेपाल शिक्षक संघ जिल्ला कार्य समिति खोटाङले घट्नाप्रती गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । संघका अध्यक्ष शिवहरी ढकालद्धारा हस्ताक्षर गरिएको विज्ञप्तीमा घट्नाको निन्दा एवम् घोर भत्र्सना जनाउदै दोषीलाई कडाभन्दा कडा कारवाहीको माग गरेको छ । पिडित ३३ बर्षीय महिला शिक्षिका पनि हुन् ।
    यो पनि पढ्नुहोस

    वडाध्यक्षले पटक पटक यौन दुव्र्यवहार गरेको खुलासा जर्वजस्ती विरुद्ध मुद्दा दर्ता

    २०७५ कार्तिक १७ गते साँझ ६  :०८ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology