• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

विधुत महशुल लिन प्राधिकरणले खोटाङबजारमा मोवाइल काउण्टर खोल्ने

विधुत महशुल लिन प्राधिकरणले खोटाङबजारमा मोवाइल काउण्टर खोल्ने

शास्ती हट्दै


चिसाङ शेर्पा
  • शनिबार, कार्तिक १७ २०७५

  • फाइल तस्विर।

    चिसाङ शेर्पा खोटाङ,

    जिल्लाको दक्षिणी भेगका सेवाग्राहीबाट विधुत महशुल लिन मोवाइल काउण्टरको सुरुवात गरिने भएको छ । विधुत प्राधिकरण दिक्तेल वितरण केन्द्रले सेवाग्राहीको समस्यालाई ध्यान दिदैं काउण्टर खोल्ने भएको हो । दक्षिणी भेगका सेवाग्राहीले ८० रुपैयाँ विधुत महशुल तिर्न तीन हजार खर्च गर्नुपर्ने बाध्यता भएकाले खोटेहाङ गाउँपालिका–७ खोटाङबजारमा महशुल बुझाउने मोवाइल काउण्टर सुरु गरिने भएको प्राधिकरणले जनाएको छ ।

     

    प्राधिकरणले त्यस भेगका लागि मोवाईल काउण्टर अति आवाश्यक रहेको टिप्पणी उठाएर केन्द्रमा फायल पठाई सकेको र त्यो तिहारपछि कार्यन्वयन हुने प्राधिकरण दिक्तेल वितरण केन्द्रका प्रमुख राम दिनेस यादवले बताए । दक्षिणी भेगका सेवाग्राहीबाट आएका गुनासा र भौगोलिक बिकटता अनुरुप आगामी मंसिर २३ गतेदेखी काउण्टर सुरुवात गरिने र काउण्टरबाट प्रत्येक महिनाको तीन दिन कारोवार गरिने छ ।

     

    यसअघि, प्राधिकरणले हलेसीमा मोवाइल काउण्टरको व्यवस्था गरेर त्यस भेगका सेवाग्राहीलाई सुविधा दिदै आएको छ । जिल्लामा २०५७ जेठ २ गते तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोईरालाले उद्घाटन गरेपछि बल्न थालेको विधुत हालसम्म साविकका ४४ गाविसमा वलिरहेको छ ।

    २०७५ कार्तिक १७ गते बिहान ९  :४२ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology