• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

हलेसीमा परेवाका बचेरा चडाउन रोक

हलेसीमा परेवाका बचेरा चडाउन रोक


चिसाङ शेर्पा
  • बिहिबार, कार्तिक १५ २०७५

  • चिसाङ शेर्पा खोटाङ,
    धार्मिक तथा पर्यटकीय त्रिधार्मिकस्थल हलेसी मन्दिरमा उड्न तथा खान नसक्ने परेवाका बचेरा चडाउन रोक लगाईएको छ । भाकल पूरा गर्ने नाममा दर्शनार्थीले परेवाका स–साना बचेरा चडाउने गरेको र ति बचेरा मरेर मन्दिरमा दुर्घन्ध फैलिएका कारण त्यस्ता परेवाका बचेरा चडाउनमा रोक लगाएको हो ।

     

    दर्शनार्थीले आफ्नो भाकल पूरा गर्नका लागि परेवा चडाउने तर, साना बचेराले चारो खाना नसक्ने र मरेर फोहोर बढेकाले अवदेखि खान तथा उड्न सक्ने ठुला परेवामात्र चडाउन पाइने हलेसी तुवाचुङ नगरपालिकाका नगर प्रमुख इवन राईले जानकारी दिए ।

     

    मन्दिरमा सधैजसो दुर्घन्ध फैलिएको भएपनि के कारणले त्यस्तो भएको हो भन्ने लामो समयसम्म अध्ययन र अनुगमनले परेवाका बचेरा मरेर दुर्घन्ध भएको पत्ता लगाउनासाथ त्यस्ता परेवाका बचेरा चडाउनमा रोक लगाइएको हो ।
    २०७५ कार्तिक १५ गते साँझ ७  : १६ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology