• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

बजारमै जीप तथा बस पार्किङ, मेयरका कुरा,कुरामै सिमित

बजारमै जीप तथा बस पार्किङ, मेयरका कुरा,कुरामै सिमित

अटेरी व्यवसायी, सडकमा दैनिक पानी हाल्छन बजारवासी


चिसाङ शेर्पा
  • मंगलबार, कार्तिक १३ २०७५

  • बेसक्याममा पार्किङ गरिएका जीप तथा बसहरु । तस्विर चिसाङ शेर्पा

    चिसाङ शेर्पा खोटाङ,
    गत असोज २९ गते रत्नपार्कको धुलाम्मे सडकमा नगर बसको उद्घाटनपछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले घाँटी सुक्ने गरी भाषण गरे । ‘अब कुनै पनि बसहरु, जीपहरु बजारका क्षेत्रहरुमा यत्रतत्र पार्किङ गर्न पाईन्दैन । त्यसलाई हामी कडाभन्दा कडा कारवाही गर्दै अगाडी बढ्नेछौ । जीपहरु हाटडाँडामा लानैपर्नेछ, हामीले दुईवटा बसपार्क निर्माण गरेका छौ । आचार्यटोलमा यौटा वसपार्क छ । सोल्मामा अर्को वसपार्क छ ।’ जोसिदै उनले थपे, यी दुईवटै बसपार्कमा अनिवार्य रुपमा वसहरु पार्किङ गर्नुपर्छ । त्यसकारण म, सम्पुर्ण यातायात व्यावसायी साथीहरुलाई विनम्रतापुर्वक अनुरोध गर्छु । आजैबाट आचार्य गाउँ बसपार्कमा बसहरु पु-र्याउनुस, आजैबाट सोल्माको बसपार्कमा बसहरु पु¥र्याउनुस । यत्रतत्र बसहरु जथाभावी राख्नुभयो भने “अब, नगरपालिका कडाभन्दा कडा कारवाही गर्न तयार छ । र, कुनैपनी कसर वाँकी राख्दैन ।”

     

    उनको यो भाषण सुनीरहंदा साँच्चीकै लागू होला त भन्ने, दुविधा थियो । नभन्दै त्यो कार्यान्वयन भएन । उनको भाषण हावामा सिमीत भए । १६ दिन (कार्तिक १३ गतेसम्म) पनी यातायात व्यवसायीले बजारमै जीप तथा बस पार्किङ गरीरहेका छन् । भाषणका समयमा ताली पिट्ने त्यही यातायात व्यवसायीले अहिले पनि दिक्तेल बजारको वेसक्याम्प, रत्नपार्कमा बग्रोल्ती बस तथा जीप पार्किङ गरीरहंदा मेयरका कुरा ‘हात्ती आयो, हात्ती आयो फुस्स’ झै भएको छ । खोटाङमा भएका बसहरु एकैसाथमा पार्किङ गर्ने क्षमताको बसपार्क भए पनि यातायात व्यवसायीले पार्किङ गर्न नलानु भनेको मेयरका कुरा नटेरेका हुन् वा च्यालेन्ज गरेका हुन् ? सोल्माको बसपार्कसम्म जान राम्रो सडक छ । यता आचार्य टोलको बसपार्कमा गाडी लान सडक ठिक छ । हाँटडाँडामा जीप लान पनि जेनतेन बाटो राम्रो छ । तर, किन रत्नपार्क र वेसक्याम्प नै प्यारो छ । नगर र व्यवसायीविच केमा कुरा मिलेको छैन ? के कुरा यातायात व्यवसायीलाई पुगेन ?

    सोल्माको बसपार्क

    व्यवसायी बसपार्क र जीप पार्कमा गाडी नलाने बजारमा पार्किङ गर्ने, मेयर भाषण मात्रै गर्ने कार्यान्यवन गराउन नसक्ने आदतले व्यवसायी थेत्तर बनेका छन् । खोटाङ यातायात प्रालिका अध्यक्ष विष्णुकुमार श्रेष्ठले भने, नगरपालिका, प्रहरी, प्रशासनलाई पत्रचार गरेकै हौ । कोही चासो दिन्न । ट्राफिकले कडाभन्दा कडा कारवाही नगरेकाले पनि बस तथा जीप बजारमै राखेको बताए । सोही लगत्तै खोटाङका ट्रफिक प्रहरी ईन्चार्ज नरेन्द्र पौडेललाई फोनबाट प्रश्न गर्दा रस्साकस्सी तवरमा ‘खै कहाँ छ यहाँ बस, यौटा पनि छैन ।’ आएर हेर्नुस त भनेका थिए । भोलीपल्ट हेर्न जादा बसहरु बाम्राङको रमितेढुंगादेखी सोल्माको अल्छेढुंगासम्म र वेसक्याममा जीपहरु सडकका दायावाया थिए । अहिले पनि छ । पुरानो यातायात व्यवसायी खोटाङ यातायात प्रालि भन्छ । हाम्रो वस त लान्छौ तर, यहाँ हाम्रो प्रालिको मात्रै बस तथा जीप छैन । त्यसको कसले लेखाजोखा गर्छ ? ट्राफिक प्रहरी काम गरीरहेका छौ भन्ने, यातायात व्यवसायी दोष दिईरहने ? कामको प्रगती नदेखिने ?

     

    मेयर माईकमा भाषण गर्दै गर्छन् । व्यवसायी बजारलाई जीप तथा बस पार्किङ स्थल बनाई राख्छन् । गज्जब छ ! यो दोहोरीको चपेटामा बजारवासी र विधार्थी वाक्कदिक्क भए छन् । बजारलाई पार्किङ निषेध क्षेत्र बनाउने मेयरका सपना र व्यवसायीले पार्किङस्थलमा बस, जीपहरु लानु दिवा सपना भएको छ । एकाथरी भाषण गर्दै हिड्ने अर्कोतिर मनपरीतन्त्र लाद्ने कामले मेयर असफल मेयरका नामले कहलिन थालेका छन् । भुक्तभोगीहरु भन्छन् । “नगरले चाहेमा के गर्न सक्दैन ? काम गर्नु त कहाँ हो कहाँ ‘कसको मान्छे, कुन पार्टीका मान्छे’मा सिमित हुन्छन् अनि योजना, भाषण तुहिएर जान्छन ।”

     

    झण्डै डेढ वर्षसम्म एउटा समस्यालाई सल्टाउन नसक्दा बजारवासी र पाहुनाहरुलाई विहानदेखी साँझसम्म धुलोका कारणले नाक छोपेर बजारमा यात्रा गर्नुपर्ने वाध्यता छ । पसलमा राखेका सामानहरु धुलैधुलोले नचिन्ने भएको छ । बस तथा जीपलाई पार्किङ स्थलमा पठाउन नसक्दा नगरमाथि प्रश्न उठ्ने गरेको छ । व्यवसायी र नगरविच साठगाँठ त छैन ? त्यसै त साँघुंरो दिक्तेलबजारमा ठूलाठूला यात्रुवहाक बस गुडाउने, जताततै पार्किङ गर्ने प्रवृत्तिले बजारवासीहरु कहिले दुर्घट्नामा पर्ने हो टुङ्गो छैन । नगरपालिकाले चाहाना गर्ने तर, कार्यान्वयन गराउन नजान्ने आदतले व्यवसायी झन बलियो भन्दै गएको छ ।

     

    नगरले साँच्चीकै बजारलाई सुन्दर र व्यवस्थित बनाउने हो भने, बस तथा जीपलाई बसपार्कमा लानैपर्छ । त्यसका लागि भाषण मात्रै गर्नुपर्छ की कार्यान्यवन पनि गराउनुपर्छ त्यो सम्बन्धित निकाय जानुन् । बसपार्कसम्म पुग्ने सडकलाई बनाउनु पनि पर्छ की सस्तो लोकप्रियता कमाउन चाबी खोसेर मात्रै हुन्छ ? व्यवसायीहरुले पनि भाषण सुनिन्जेल ताली पट्काउने र मुन्टो मात्रै हल्लाउने ? नगर तथा बजार हाम्रो पनि हो भनेर सोच्ने ? कि पैसाकै पछि लागेर बजारमै पार्किङ गरीरहने, बजार सबैको हैन । पाहुनाहरु आउँदा बजार हेर्दा कस्तो बजार भनेर नाम कहलिदैन ?

    सडकमा दैनिक पानी हाल्छन बजारवासी

    अव्यवस्थित बस तथा जीप पार्किङको चपेटामा बजारवासी परेका छन् । व्यवसायीले जथाभावी पार्किङ र बजारमा ठूलाठूला मालवहाक, यात्रुवहाक बस गुडाउदा कच्ची सडक खोतलिने धुलो उड्ने हुनाले दैनिक सडकमा पानी हाल्नुपर्ने बजारबासीलाई बाध्यता छ । विहान रत्नपार्कदेखी हाँटडाँडासम्मका घरका एकजनाको ड्युटीनै पानी खोजेर सडक भिजाउने रहेकोे छ ।
                                                     २०७५ कार्तिक १३ मध्यान्ह १  बजे प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology