• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

फरार अभियुक्त २९ वर्षपछि जेल चलान

फरार अभियुक्त २९ वर्षपछि जेल चलान


समायोजन खबर
  • शनिबार, कार्तिक १० २०७५

  • साँकेतिक तस्विर

    समायोजन खबर खोटाङ,
    खोटाङमा कर्तव्य ज्यान मुद्धाका फरार अभियुक्त २९ वर्षपछि जेल चलान भएका छन् । जग्गासम्बन्धी बिवादमा २०४६ सालमा छिमेकीको हत्या गरेको अभियोगमा कैद सजाय सुनाइएका हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडा कदुवाका ६० वर्षीय चन्द्रबहादुर कार्की बिहीबार जेल चलान भएका हुन् ।

     

    कर्तव्य ज्यान मुद्धामा २०५७ साल जेठ १७ गते जिल्ला अदालत खोटाङबाट २० वर्ष कैंद सजाय हुने फैसला सुनाइएका कार्कीलाई अदालतको आदेशमा जिल्ला कारागार शाखा दिक्तेल चलान गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी राजकुमार केसीले बताए ।
    भारतको मिजोरममा बस्दैआएका कार्कीलाई खोटाङबाट खटिएका प्रहरीले असोज ३० गते सुनसरी जिल्लाको रामधुनी नगरपालिका–७ पञ्चायनस्थित घरबाट पक्राउ गरेको थियो । घट्नापछि भारतमा बस्दैआएका चन्द्रबहादुरलाई दशैं मनाउनका लागि २ दिन अघि मात्र घर आएको मौका पारेर पक्राउ गरिएको प्रहरीले जनाएको छ । जग्गासम्बन्धी विवादका क्रममा चन्द्रबहादुर लगायत यही ठाउँका केशब कार्की, नरबहादुर भुजेल लगायत चारजनामाथि स्थानीय ढकबहादुर कार्कीको हत्या गरेको अभियोग छ ।
    २०७५ कार्तिक १० बिहान ८  :४३ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology