समायोजन खबर खोटाङ,
दशैंको समयमा मादक पदार्थ सेवन गरेर खोटाङमा पाँचवटा घटना भएका छन् । मादक पदार्थ सेवन गरेर घटाईएका घटनामध्ये सवैभन्दा बढी ज्यान मार्ने उद्योगका घटना छन् । फुलपातीदेखी मंगलबारसम्म जिल्ला प्रहरी कार्यालय खोटाङमा पाँच वटा मुद्धा दर्ता भएका छन् । जसमा चार वटा ज्यान मार्ने उद्योगका र एउटा जवरजस्ती करणीको मुद्धा दर्ता भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी प्रवक्ता तथा प्रहरी निरिक्षक ध्रुवनारायण श्रेष्ठले जानकारी दिए ।
कात्तिक २ गते विजया दशमीमा दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ याम्खाका २२ वर्षीय किशन श्रेष्ठलाई मादक पदार्थ सेवन गरेर ९ जनाले निर्घात कुटपीट गरेको र २ जनालाई पक्राउ गरिएको छ । कुटपीटबाट घाईते भएका श्रेष्ठको काठमाण्डौंमा उपचार भईरहेकोे छ । कुटपीटमा संलग्न अन्यको खोजीकार्य भईरहेको प्रहरीले जनाएको छ । सोही दिन हलेसी तुवाचुङ नगरपालिका –३ च्यास्मीटारमा दिपेन राईले मादक पदार्थ सेवन गरि सोही ठाँउका गोपाल राई र लघुधन राईलाई धारिलो हतियार प्रयोग गरेका छन् । धारिलो हतियार प्रयोग भएपछि गम्भिर घाईते भएका दुवै जनाको ओखलढुंगास्थित मिसन अस्पतालमा उपचार भईरहेको छ । धारिलो हतियार प्रयोग गर्ने राईलाई पक्राउ गरि ज्यान मार्ने उद्योगमा मुद्धा दर्ता गरेर कारवाही प्रकृया अघि बढाईएको प्रहरीको भनाई छ ।
यस्तै, कात्तिक ४ गते ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्क बस्ने सन्तोष दाहालले सोहि ठाँउका मनोज राईलाई समान्य विवादमा छुरा प्रहार गरेर गम्भीर घाईते बनाए । गम्भिर घाईते राईलाई हेलीकोप्टरमार्फत सोहि दिन काठमाण्डौं लगिएको र राईको क्रिष्ट अस्पातालमा उपचार भईरहेको छ । छुरा प्रहार गर्ने दाहालले पनि मादक पदार्थ सेवन गरेको अवस्थामा नै प्रहरीले नियन्त्रणमा लिएर ज्यान मार्ने उद्योगमा कारवाही अघि बढाएको छ । यसैगरी, कातिक ३ गते दिप्रुङ चुईचुम्मा गाउँपालिका–२ डाँडागाँउकी १७ वर्षीया एक यूवतीलाई पाँचथर फिदिम नगरपालिका–८ घर बताउँने राजेन्द्र लिम्बुले मादक पदार्थ सेवन गरि जवरजस्ती करणी गर्न खोजेको मुद्धा प्रहरीमा परेको छ । आफन्तकोमा दशैंको टिका लगाउनका लागि आएका लिम्बुले यूवतीमाथी जवरजस्ती गर्न खोजेको आफन्तको भनाईको आधारमा लिम्बुलाई पक्राउ गरि जवरजस्ती करणी उद्योगमा मुद्धा दर्ता गरेर कारवाही प्रकृया अघि बढाईएको प्रहीले जानकारी दिएको छ ।
आफन्तलाई जवरजस्ती गरेको भन्दै पीडक लिम्बुमाथी सोहि दिन खुकुरी प्रहार पनि भएको प्रहरीले बताएको छ । दिप्रुङ चुईचुम्मा गाउँपालिका–२ डाँडागाँउका १७ वर्षीय यूवतीलाई जवरजस्ती करणी गर्न खोज्ने लिम्बुमाथी मादक पदार्थ सेवन गरेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका सुमन राईले खुकुरी प्रहार गरेका थिए । खुकुरी प्रहार गर्ने राईलाई नियन्त्रणमा लिएर ज्यान मार्ने उद्योगमा कारवाही अघि बढाईएको जिल्ला प्रहरी कार्यालय खोटाङले जानकारी दिएको छ ।
२०७५ कार्तिक ६ साँझ ५ :५२मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology