चिसाङ शेर्पा खोटाङ,
खोटाङमा दशै मनाएर घर फर्कनेको सवारी साधनमा चाप बढेको छ । विजयदशमी अर्थात टिकाको पहिलो दिन टिका लगाएर जिल्ला वाहिरीने मानिसको चाप वढेको हो । अन्य समयमा राजधानी लगायत अन्य स्थानमा वसोवास गरीरहेका जिल्लावासीहरु दशै मनाउन गृह जिल्ला आएर आफ्नो कर्मथलो फर्कने क्रममा सवारी साधनमा अत्याधिक चाप बढेको खोटाङ यातायात प्रालिका व्यवस्थापक रामकुमार हिङमाङले जानकारी दिए । दशैमा यात्रुहरुको चाप बढ्नु स्वभाविक भएपनि यात्रुहरुको समस्यालाई ध्यानमा राखेर अन्य समयमा भन्दा ४/५ वटा गाडी लामो दुरीमा थप गरिएको व्यवस्थापक हिङमाङको भनाई छ ।
दशै मनाएर जिल्ला वाहिर फर्कनेको संख्या बढेपछि जिल्लामा रहेका यातायात व्यावसायीले दिक्तेल–काठमाण्डौ, दिक्तेल–धरान ईटहरी, दिक्तेल–विराटनगर, दिक्तेल–काँकडभिट्टामा गाडीहरु थप गरेका छन्। यस्तै जिल्लाको आन्तरिक गन्तब्यमा पनि यात्रुहरुको चाप अनुसार गाडीहरु तयारी अवस्थामा राखिएको यातायात व्यावसायीले बताएका छन् ।
चाडबाडको मौकामा वढी भाडा असुल्ने प्रवृत्ति भएपनि खोटाङमा भने, सिट क्षमता अनुसार यात्रु राखिएको तथा यातायात व्यवसायी र प्रशासनविच कायम गरिएको भाडा नै लागू भईरहेको खोटाङ यातायात प्रालिले बताएको छ । जिल्लामा रहेको तीनैवटा विमानस्थल बन्द भएपछि जिल्लावासीले गाडीमा मात्रै यात्रा गर्नुपर्ने बाध्यता रहेको छ । हवाई यातायात नहुंदा खाशगरी जिल्लावासी बृद्धबृद्धा, वालवालिका, सुत्केरी महिला र असक्तलाई यात्रा गर्न ठूलो समस्या भईरहेको छ ।
दशै सकिन केही दिन बाँकी रहेपनि खोटाङमा कुनैपनि अपराधिक गतिविधि नभएको प्रहरीले जनाएको छ । चाडपर्वमा हुनसक्ने चोरी, लुटपाट र सवारी दुर्घट्ना नभएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी राजकुमार केसीले जानकारी दिए ।
चाडबाडमा मादक पदार्थ सेवन गरेर हो–हल्ला गर्ने सानातिना घट्ना बाहेक अन्य ठूला घट्नाहरु नभएको पाईएको छ । सवारी साधनमा मनपरी भाडा असुल्ने कार्यमा पनि प्रहरी तैनाथ रहेकाले दिक्तेलबाट छुट्ने सवारी साधनमा यात्रुहरुले तोकिएकै भाडा तिरेर यात्रा गरीरहेको डिएसपी केसीको भनाई छ ।
दशै मनाएर जिल्ला वाहिरिने यात्रुको संख्या अत्याधिक भएकाले प्रहरीले दिक्तेलस्थित रत्नपार्कमा विशेष चेकजाँच र सुरक्षा दिईरहेको छ । भने, ठाउँठाउँमा सादा पोशाकमा खटिएका प्रहरीले सवारी साधन, सिट क्षमता अनुसार यात्रु र चालकले मापसे सेवन गरे/नगरेको चेकिङ गरेर निर्वाद रुपमा सवारी साधन चलाउनमा सहयोग गरीरहेको प्रहरीले जनाएको छ ।
२०७५ कार्तिक ४ साँझ ५ :४०मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology