समायोजन खबर खोटाङ,
खोटाङको बराहपोखरी गाउँपालिकालाई १२ स्थानीयले निःशुल्क जग्गा दिएका छन् ।गाउँपालिकाको भवन लगायतका आवश्यक भौतिक संरचना निर्माणका लागि स्थानीयले जग्गा निशुल्क दिएका हुन् ।
बराहपोखरी गाउँपालिका–४ फाक्टाङमा रहेको बाघखोर भञ्ज्याङ केन्द्र तोकिएको गाउँपालिकाका लागि आवश्यक जग्गा प्राप्त भएको वडाध्यक्ष भुवलराज राईले बताए । गाउँपालिकाका लागि स्थानीय रुद्रबहादुर मगरले ८ रोपनी, टंक मगरले ६ रोपनी, पबित्रा निरौलाले ५ रोपनी, भीमबहादुर श्रेष्ठले ३ रोपनी ८ आना, टिकाप्रसाद आचार्यले ३ रोपनी, देबेन्द्र नारायण श्रेष्ठले २ रोपनी ९ आना जग्गा दिनुभएको छ ।
यस्तै, कर्णबहादुर श्रेष्ठले २ रोपनी ८ आना, लालबहादुर मगरले २ रोपनी ८ आना, टंकनारायण श्रेष्ठले २ रोपनी ७ आना, दिल्लीबहादुर बिकले १ रोपनी, अबिरमान बिकले १० आना र नरबहादुर बिकले ८ आना जग्गा निशुल्क प्रदान गर्नुभएको वडाध्यक्ष राईले बताए ।
२०७५ असोज ३१ साँझ ५ : ०३ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology