चिसाङ शेर्पा खोटाङ,
खोटाङमा नगर बस सेवा सुरु भएको छ । यात्रुहरुको आवगमनमा सहजता, समयको वचत र यातायातको क्षेत्रमा उपलब्ध हुने सेवा सुविधाको पहुंच बृद्धी गरी विकासमा परीवर्तन महशुस गराउने उद्देश्यले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको १५ वडामा नगर बस सुविधा सुरुवात भएको हो ।
जिल्लाको सबैभन्दा पुरानो बस व्यवसायी संस्था खोटाङ यातायात प्रालि र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको संयुक्त सहकार्यमा सुरुवात भएको नगर बस सेवालाई दिक्तेल रत्नपार्कस्थित जिरो प्वाईन्टमा सोमबार नगरप्रमुख दिपनारायण रिजालले रिवन काटेर उद्घाटन गरेका छन् । यातायात प्रालि र नगरपालिकाले असोज २८ गते एकवर्षको सम्झौता गरेर सुरुवात गरिएको नगर बसमा महिला ४ सिट, जेष्ठ नागरिक २ सिट, फरक क्षमता भएका ब्यक्तिका लागि १ सिट र पत्रकारका लागि १ सिट आरक्षण सिटको व्यवस्था गरिएको खोटाङ यातायात प्रालिका व्यवस्थापक रामकुमार हिङमाङ जानकारी दिए ।

नगरपालिकाको १५ वडामा ग्रामिण सडकको पहुंच पुगेपछि सुरुवात गरिएको नगर बस दिक्तेलबाट जालपा फेदी, जालपा कांदेल, पाथेका, खार्मी, निर्मलीडाँडा, लफ्याङ दुवे, लफ्याङ साप्सु, बुईपा विजयखर्क चम्पावती मावि, महुरे विजुले, नेर्पा दोर्पा दुम्ली, खानीडाँडा फेदी तथा बाम्राङ बुईपा विजयखर्कमा नगर बस सञ्चालन हुनेछ । नगर बसका लागि भाडादर भने निकट समयमा नगर बस सन्चालन तथा ब्यवस्थापन समितिले निर्धारण गर्नेछ ।
यातायात प्रालि र नगरपालिकाले २२ बुदें सम्झौता गरेर नगर बस सञ्चालन गरेपछि सवारी चालकले अनिवार्य पोशाक लगाउनुपर्ने, नगरले प्रमाणित गरेका एकल महिलाहरुलाई भाडामा ३३ प्रतिशत छुट दिईने, सार्वजनिक यातायातका सवारीभन्दा भाडादरमा छुट हुने, नगर बसभित्र खोटाङगे कलाकारहरुको गीत बजाउन प्राथमिकता दिने, प्रालिले नगरलाई तिर्नुपर्ने कर, पार्कीङ शुल्कमा वर्षदिनसम्म तोकिए बमोजिम छुट हुने र आवाश्यकता अनुसार सम्झौता नविकरण हुने जनाईएको छ ।

सम्बन्धित पार्कीङस्थलमा जान सडक नभएको भन्दै बर्षदिन अघिदेखी नगरपालिकाको निर्णय अटेर गरी रत्नपार्क र दिक्तेल वेसक्यापमा बस, जिप पार्कीङ गरेर व्यवसाय गरीरहेका यातायात व्यवसायीलाई अबको दिनमा कुनैपनी हालतमा बस तथा जीपलाई सम्बन्धित पार्कीङस्थलमा लैजान तथा नलगेमा कडा कारवाही गर्ने नगरप्रमुख रिजालले चेतावनी दिए ।
कुन वडामा कती बजे छुट्छ बस (हेर्नुहोस तालिका)

क्याप्सन :नगर बस उद्घाटन गर्नुहुंदै नगरप्रमुख रिजाल,उपप्रमुख विणादेवी राई, तस्विर चिसाङ शेर्पा २०७५ असोज २९ साँझ ६ :४५ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology