चिसाङ शेर्पा खोटाङ,
दशैंको छैठौ दिनमा खोटाङको दिक्तेल बजारमा मानिसको चहलपहल सन्तोषजनक देखिएको छ । नेपालीहरुको महान पर्व दशैको उपलक्ष्यमा दैनिक उपभोग्य वस्तुहरुको किनमेलका लागि बजारमा मानिसको चहलपहल सन्तोषजनक देखिएकोे हो । हिजो अस्तिसम्म सामान्य रहेको दिक्तेल बजारमा दशैको छैठौ दिन व्यापार व्यावसायमा केही मात्रामा बृद्धि भएको व्यवसायीहरुले जनाएको छ ।

खाशगरी दशैको मुख तथा सरकारी कार्यालय आजवाट बिदा हुने भएकोले पनि मानिसको केही मात्रामा चहलपहल भएको वजारवासीको ठम्याई छ । आज बजारमा दैनिक उपभोग्य वस्तुहरुका अलवा चुना, कलर, ईनामेल, लत्ताकपडा, जुत्ताचप्पल वढी मात्रामा विक्री भईरहेको खोटाङ उधोग वाणिज्य संघका अध्यक्ष राजेन्द्र लयालुले बताए ।
दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लाका अधिकांस स्थानमा ग्रामिण सडकको पहुंच पुगेपछि दशै तिहारका लागि किनमेल गर्नेको केही मात्रामा घुईचो लागेको हो । दैनिक उपभोग्य वस्तुहरुको किनमेलसँगै वैंक, वित्तीय संस्था तथा सुनचाँदी पसलहरुमा खुद्रा पैसा साट्नका लागि मानिसको भीड बढेको छ । संङ्घीय संरचनाले व्यापार व्यावसायमा ह्रास आएको दिक्तेल बजारलाई चाडपर्वले केही मात्रामा राहत दिएको व्यावसायीहरुको भनाई छ । यस्तै, जिल्लाको अन्य प्रमुख बजार हलेसी, ऐसेलुखर्क, बाक्सिला, पञ्चमीबजार लगायतका स्थानमा समेत व्यापार व्यावसाय सामान्य छ ।
क्याप्सन :दिक्तेल बजारमा देखिएको मानिसको चहलपहल, तस्विर चिसाङ शेर्पा २०७५ असोज २९ अपरान्ह ३ : ३३मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology