• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

मृगौला रोगी वालिका सुस्मितालाई युएईदेखी ३५ हजार सहयोग

मृगौला रोगी वालिका सुस्मितालाई युएईदेखी ३५ हजार सहयोग


चिसाङ शेर्पा
  • शनिबार, असोज २७ २०७५

  • सांकेतिक तस्विर।

    चिसाङ शेर्पा खोटाङ,
    दुबै मृगौला फेल भएकी वालिकालाई आर्थिक सहयोग प्राप्त भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङ कांडेका ९ वर्षीय सुस्मिता विश्वकर्मालाई युएईबाट ३५ हजार आर्थिक सहयोग प्राप्त भएको हो । खोटाङ घर भई रोजगारीको शिलसिलामा युएईमा कार्यारत बाम्राङ मुढेका पदम लोहार र विष्णु थापा मगरको संयोजकत्वमा संकलन भएको ३५ हजार रुपैयाँ रकम मृगौला रोगी वालिकाकी आमा लक्ष्मी विश्वकर्मालाई शुक्रबार दिक्तेल रुपाकोट मझुवमगढी नगरपालिका–२ दिक्तेलका वडाध्यक्ष हर्क बहादुर खत्रीले हस्तान्तरण गरेका हुन् ।

     

    सोल्मास्थित सोल्मा स्पोर्टस क्लवको खेलमैदानमा सुरुवात भएको टोल स्तरीय खुल्ला पुरुष फुटवल प्रतियोगिता तथा सचेतनामूलक कार्यक्रमको पहिलो दिन वालिकाकी आमालाई सहयोग रकम हस्तान्तरण गरिएको सोल्माका स्थानीय तथा समाजसेवी गंगा वहादुर विश्वकर्माले जानकारी दिए । वाल्यकालमा नै दुबै मृगौला रोगको शिकार वनेकी वालिका सुस्मिताको यसअघि पनि पाँच वर्षको उमेरमा मृगौलामा समस्या आएको र उपचारपछि ठिक भएको थियो । तर, गत साउन १५ गतेबाट भने, दुवै मृगौला फेल भएको थियो ।

     

    सुस्मिताको देव्रे मृगौलाले ७५ प्रतिशत र दाहिने मृगौलाले १० प्रतिशत काम गरिरहेको छ । चिकित्सकका अनुसार बालिकाको देव्र मृगौला अपरेशन गर्नुपर्ने र दाहिने मृगौला झिकेर फाल्नुपर्ने छ । अपरेशन तथा मृगौला झिकेर फाल्नलाई साढे दुई लाखदेखी तीन लाखसम्म लाग्ने चिकित्सकलाई उद्धृत गर्दै परिवारले जनाएको छ । भएभरको पैसा सकिएपछि परिवारले छोरी बचाईदिन सबैसँग अपिल गरेको छ । सुस्मिताको बुवा बैदेशिक रोजगारीको सिलसिलामा बिगत ९ वर्षदेखी मलेसियामै गायब भएका छन् ।

    यसअघि, बैदेशिक रोजगार सरोकार समाज खोटाङ, महिला मानव अधिकार रक्षक सञ्जाल, स्वीस ईन्टरकोअपरेशन नेपाल हेल्भेटास, सुरक्षित आप्रावासन परियोजना सामी, वालसेवा समाज नेपालको संयुक्त सहकार्यमा संकलित ३७ हजार १ सय २५ रुपैयाँ आर्थिक सहयोग प्राप्त भएको थियो ।
    २०७५ असोज २७ साँझ ७  :३७ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology