• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

शनिबारवाट दिक्तेल-वाक्सिला वस सञ्चालन हुने

शनिबारवाट दिक्तेल-वाक्सिला वस सञ्चालन हुने


चिसाङ शेर्पा
  • बिहिबार, असोज २५ २०७५

  • चिसाङ शेर्पा खोटाङ,
    शनिबारवाट दिक्तेल–वाक्सिला सिधा यात्रुवहाक वस सञ्चालनमा आउने भएको छ । दशै तथा तिहारलाई लक्षितगरी सडक मर्मत गरिएपछि वस सञ्चालनमा आउने भएको हो । केपीलासगढी गाउँपालिकाले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपादेखी वाक्सिलासम्म ग्रामिण सडक मर्मत गरेपछि वस सञ्चालनमा आउने भएको खोटाङ यातायात प्रालिका व्यवस्थापक रामकुमार हिङमाङले जानकारी दिए ।

     

    बिहीबार परिक्षणको रुपमा बाक्सिला पु-याईएको बा ३ ख ८१०९ नम्बरको बसलाई वाक्सिला वजारमा पुगेपछि स्थानीयले स्वागत गरेर औपचारिक कार्यक्रम गरी केपीलासगढी गाउँपालिका प्रमुख कृष्णकुमार राईले वस सञ्चालनका लागि उद्घाटन गरेका छन् । दिक्तेलवाट करीव ४१ किलोमिटरको दुरीमा पर्ने वाक्सिला वजारसम्म पुग्नका लागि ६ सय भाडा निर्धारण गरिएको छ । शनिवारबाट प्रत्येक दिन अपरान्ह साँढे तीन वजे दिक्तेलवाट वस छुट्ने विहान ६ बजे वाक्सिलाबाट दिक्तेलका लागि वस छुट्ने जनाईएको छ । एकदिनको माया मारेर पैदल यात्रागरी दिक्तेल आवाजावत गरिरहेका सर्वसाधरणका लागि वस सञ्चालन हुने भएपछि उनीहरु हर्षित भएको गाउँपालिका प्रमुख राईले बताए ।
    क्याप्सनः वाक्सिलामा वस पुगेपछि सामूहिक रुपमा फोटो खिचाउदै गाउँपालिका प्रमुख तथा अन्यहरु, तस्विर समायोजन खबर, २०७५ असोज २५ राती ८ : ४५ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology