• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

खार्मीमा ज्येष्ठ नागरिकलाई स्वास्थ्य जाँचसँगै सामाजिक सुरक्षा भत्ता

खार्मीमा ज्येष्ठ नागरिकलाई स्वास्थ्य जाँचसँगै सामाजिक सुरक्षा भत्ता


समायोजन खबर
  • बुधबार, असोज २४ २०७५

  • सांकेतिक तस्विर।

    समायोजन खबर खोटाङ,
    खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका ज्येष्ठ नागरिकलाई स्वास्थ्य जाँच सहित सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरिएको छ । सामाजिक सुरक्षा भत्ता लिन आउने बृद्धबृद्धाको सामान्य स्वास्थ्य समस्या हल गर्नका लागि वडा कार्यालयले बुधबारदेखि स्वास्थ्य जाँच सँगै सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको हो ।

     

    १७४ ज्येष्ठ नागरिक रहेको वडामा स्वास्थ्यकर्मीबाट स्वास्थ्य जाँच गर्दै आवश्यक औषधि बितरण सुरु गरिएको वडा सचिव चित्र सुबेदीले बताए । सामाजिक सुरक्षा भत्ता लिन आएका ज्येष्ठ नागरिकको एचए, अहेवले स्वास्थ्य जाँच गर्दै सिटामोल, जीवनजल लगायतका औषधि वितरण गर्ने व्यवस्था मिलाइएको वडा कार्यालयले जनाएको छ ।
    २०७५ असोज २४ राती ९ :२१ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology