समायोजन खबर खोटाङ,
भौतिक पुर्वाधार बिकास मन्त्रालय प्रदेश नम्बर १ बिराटनगरबाट खोटाङका दुई खानेपानी आयोजना र एक सिँचाई आयोजनाका लागि बजेट बिनियोजन भएको छ । जन्तेढुंगा गाउँपालिका–५ चिसापानी खुटास्थित खुटा बगैंचा खानेपानी योजना र चिसापानीस्थित बालोद्धय आधारभुत खानेपानी योजनाका लागि १५/१५ लाख बजेट बिनियोजन गरिएको हो ।
यस्तै, जन्तेढुंगा गाउँपालिका–२ बोपुङस्थित सुन्तले खेत सिचाई योजनाका लागि १५ लाख बजेट बिनियोजन भएको जनाइएको छ । भौतिक पुर्वाधार बिकास मन्त्रालय प्रदेश नम्बर १ का सचिव सागर राईको सहयोगमा खानेपानी र सिँचाई योजनाका लागि बजेट बिनियोजन भएको युवा नेता बाजिन्द्र बिष्टले बताए । यस्तै, चालु अवस्थाको देबिस्थान मुहान कटहरे सिँचाई योजनाका लागि पनि प्रदेश सरकारबाट ५ लाख बजेट बिनियोजन भएको छ । ‘योजनाका लागि प्रदेशस्थित भौतिक पुर्वाधार बिकास मन्त्रालय समक्ष पहल गरिएको थियो,’ बिष्टले भने, ‘मन्त्रालयका सचिव सागर राईले बजेट पार्नमा सहयोग गर्नुभएकाले यो काम सम्भव भएको हो ।’
२०७५ असोज २३ राती ८ :३९ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology