• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

२५ व्यवसायीलाई ५ दिनभित्र प्रशासनमा उपस्थित हुन पत्र

२५ व्यवसायीलाई ५ दिनभित्र प्रशासनमा उपस्थित हुन पत्र


समायोजन खबर
  • सोमबार, असोज २२ २०७५

  • अनलाईन लोगो अनलाईन लोगो

    समायोजन खबर खोटाङ,
    अनाधिकृत रुपमा सामान बिक्री बितरण गरिरहेका २५ जना व्यवसायीलाई ५ दिनभित्र जिल्ला प्रशासन कार्यालय दिक्तेलमा उपस्थित हुन पत्र काटिएको छ । आईतबार हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान हलेसीमा गरिएको बजार अनुगमनका क्रममा व्यवसाय दर्ता प्रमाण–पत्र नभएका, म्याद नाघेका उपभोग्य सामान बिक्री गरिरहेका, अन्तशुल्क नविकरण नगराएका र अनाधिकृत रुपमा सामान बिक्री बितरण गरिरहेका ति व्यवसायीलाई पत्र काटिएको हो ।

     

    हलेसी बजारमा म्याद गुज्रेका र अनाधिकृतरुपमा बिक्रीमा राखिएका ३० हजार बराबरको उपभोग्य सामग्री जफत गरिएको छ । नजिकिँदै गरेको दशैं तिहारको समयमा हुन सक्ने मूल्य बृद्धि, कालोबजार, कृत्रिम अभाव लगायतका समस्या न्यूनीकरणका लागि हलेसी तुवाचुङ नगरपालिका–७ महादेबस्थानको हलेसीमा आईतबार गरिएको बजार अनुगमनकाक्रममा म्याद नाघेका ११ बोरा उपभोग्य सामग्री जफत गरिएको सहायक प्रमुख जिल्ला अधिकारी एबं बजार अनुगमन समितिका संयोजक सन्तोष सुबेदीले बताए ।

     

    बजार अनुमनकाक्रममा एक भाँडाकुँडा व्यवसायीले अनाधिकृतरुपमा पेट्रोलको मात्रा घटाएर मिनरल वाटरको बोत्तलमा बिक्रीमा राखिएको पाइएपछि पेट्रोल सिज गरिएको छ । हलेसी अधिकांश पशलमा मूल्या सूची नराखेको, दर्ता नगरी व्यवसाय सञ्चालन गरिरहेको, अन्तशुल्क दर्ता नगरी रक्सी र सुर्तीजन्य पदार्थ बिक्री गरिरहेको पाइएको अनुगमन टोलीले जनाएको छ ।
    २०७५ असोज २२ मध्यान्ह २ : ०६ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology