• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

प्रश्नपत्र आउट भएपछि परिक्षा रद्ध

प्रश्नपत्र आउट भएपछि परिक्षा रद्ध


चिसाङ शेर्पा
  • आइतबार, असोज २१ २०७५

  • अनलाईन लोगो अनलाईन लोगो

    चिसाङ शेर्पा खोटाङ,
    खोटाङमा शिक्षकको परिक्षामा प्रश्नपत्र बाहिरीएको थाहा भएपछि परिक्षा रद्ध भएको छ । हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीको साविक सात नम्बर वडामा रहेको हेमगंगा आधारभूत विद्धालयको राहात कोटा शिक्षक परिक्षाको प्रश्नपत्र बाहिरीएपछि परिक्षा रद्ध गरिएको हो ।

     

    विद्धालयमा शिक्षक नियुक्तिका लागि शनिवार गराइएको परिक्षामा सहभागी गोपाल कार्की र कौशिला राईको लिखितमा नाम निस्केपछि अर्का सहभागी ललित भुजेलले प्रश्नपत्र बाहिरएको पत्ता लगाएका थिए । परिक्षाको अघिल्लो दिन एक होटलमा आफ्ना सहभागी परिक्षार्थीले प्रश्नपत्र हेरीरहेको र मागेर फोटो खिचेर राखेपछि भोलीपल्ट परिक्षामा सोही प्रश्नपत्र आउदा प्रश्नपत्र बाहिरीएको पत्ता लागेका भुजेलले बताए ।

     

    परिक्षा गराइएको र परिक्षापछि दुईजनाको नाम निस्किएको र नाम ननिस्कनेले आधारहिन अनावश्यक होहल्ला गरेको कारण परिक्षा रद्ध गरिएको प्रधानाध्यापक रोहित काकीले बताए । । परिक्षा समितिलाई प्रश्नपत्र बाहिरीएको भन्ने होहल्ला आयो, विवाद भएकाले परिक्षा रद्ध गरेका हौ । प्रअ कार्कीले भन्नुभयो । पुन : विज्ञापन गरेर परिक्षा गराउने निर्णय सहित उक्त परिक्ष रद्ध गरिएको हो ।
    २०७५ असोज २१ साँझ ७ : ०० मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology