• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

भूकम्प पिडितलाइ तेश्रो किस्ता वितरण सुरु

भूकम्प पिडितलाइ तेश्रो किस्ता वितरण सुरु


समायोजन खबर
  • बुधबार, असोज १७ २०७५

  • सांकेतिक तस्विर।

    समायोजन खबर खोटाङ,

    जिल्लामा भूकम्प पिडितलाई तेश्रो किस्ता वितरण सुरु गरिएको छ । महाभूकम्पका कारण घर बिहिन बनेपछि पहिलो र दोश्रो किस्ता लिएर आवास निर्माणको काम गरिरहेका लाभग्राहीलाई राष्ट्रिय पुःर्ननिर्माण प्राधिकरणले तेश्रो किस्ता बितरण थालेको हो । खोटाङका ८ हजार ४४३ लाभग्राहीमध्ये पहिलो र दोश्रो किस्ता लिएर मापदण्ड अनुशार घर निर्माण गरिरहेकामध्ये हालसम्म १३८ लाभग्राहीलाई तेश्रो किस्ता बितरण गरिसकिएको राष्ट्रिय पुननिर्माण कार्यान्वयन इकाई जिल्ला आयोजना कार्यान्वयन इकाई आवास व्यवस्थापन तथा पुर्वाधारको कार्यालयका प्रमुख सागर आचार्यले बताउनुभयो ।

     

    हालसम्म कुल लाभग्राहीमध्ये ८ हजार ३१० लाभग्राहीले पहिलो किस्ता वापत ५० हजार र ३ हजार ३७९ लाभग्राहीले दोश्रो किस्ता वापत १ लाख ५० हजार अनुदान पाएर आवास निर्माणको काम गरिरहेका छन् । दोश्रो किस्ता बुझेर घरलाई छाना हाल्ने अवस्थामा पु¥याएका लाभग्राहीलाई ७५ हजार र शौचालय निर्माणपछि २५ हजारका दरले अनुदान दिने प्रावधान छ ।
    २०७५ असोज १७ साँझ ६ :०४ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology