समायोजन खबर खोटाङ,
खोटाङमा अरिंगाल काढ्नका लागि असोज १२ गते साँझ पात्लेको रुखमा चढ्नेक्रममा करिब डेढ सय फिटमाथिबाट लडेका साकेला गाउँपालिका–३ खिदिमा कोक्राका इन्द्रकुमार राई (रमेश)को उपचारमा आर्थिक संकट आइपरेको छ । लडेको दोश्रो दिन १ लाख ६१ हजारमा हेलीकोप्टर चार्टर गरेर काठ्माण्डौंको मेडिकेयर अस्पतालमा पु-याइए पनि राईको होस् नखुलेको आफन्त सिताराम राईले बताए । उनको मस्तिष्कमा गम्भीर अशर पुगेकाले लामो उपचार गर्नुपर्ने बताइएको छ ।
घाईते रमेशलाई लामो समयसम्म अस्पतालमा राखेर उपचार गर्नुपर्ने भएकाले वडा कार्यालय खिदिमाले सोमबार आर्थिक सहयोगका लागि सिफारिस दिएको छ । आर्थिक अवस्था कमजोर भएको र आफैले उपचार गर्न सक्ने अवस्था नभएकाले सहयोगका लागि सिफारिस दिएको वडा कार्यालयले जनाएको छ । उनका श्रीमती टिना समेत ब्रेन ट्यूमरको समस्याबाट पिडित भएको अवस्थामा राई पनि लडेर गम्भीर घाईते भएपछि परिवारमा संकट आइपरेको आफन्तले बताएका छन् । अस्पतालले शल्यक्रीया गर्न नमिल्ने भएकाले औषधिको माध्यमबाट मात्र उपचार गर्नुपर्ने बताएको आफन्त मिलन राईले बताएका छन् ।
२०७५ असोज १६ सााँझ ६ :५२ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology