समायोजन खबर खोटाङ,
जिल्लाको केपीलासगढी गाउँपालिका–१ फेदीमा एकै दिन दुई नवजात शिशुको मृत्यु भएपछि जिल्ला अस्पतालबाट स्वास्थ्यकर्मीको टोली पठाईएको छ । साबिकको फेदी–१ का १७ दिनको छोरा र साबिकका फेदी–३ की २८ दिनको छोरीको असोज १२ गते शुक्रबार मृत्यु भएपछि सोमबार जिल्ला अस्पताल खोटाङबाट डा. नबिन देबकोटा, बिश्वनाथ यादव लगायतको टोली फेदीतर्फ गएको हो ।
घटनाको अनुसन्धानका लागि स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको जनाइएको छ । एउटै खोप केन्द्रका शिशुको मृत्युको कारण खुल्न नसकेको स्वास्थ्यचौकी फेदीका एचए सञ्जिव राईले बताए । बालबच्चालाई असोज १० गते बिसिजि खोप लगाइएको थियो ।
२०७५ असोज १५ राती ८ : १३ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology