समायोजन खबर खोटाङ,
खोटाङमा हटियाबाट घर फर्कदै गरेकी महिलालाई बलात्कार गर्ने आरोपित बिरुद्ध मुद्धा दर्ता भएको छ । भोजपुरको बालंखामा लाग्ने हाटबाट चामल लिएर फर्कनेक्रममा बलात्कार गरेको भन्दै खोटाङको जन्तेढुंगा गाउँपालिका–२ बोपुङका हरि खड्का बिरुद्ध जबरजस्ती करण उद्योगको मुद्धा दर्ता भएको हो ।
दशैंका लागि चामल लिएर फर्कनेक्रममा बालंखा र बोपुङको सिमानामा पर्ने चप्लेटी जंगलमा खड्काले असोज १२ गते शुक्रबार जबरजस्ती बलात्कार गरेको पिडित महिलाको भनाई छ । बलात्कारमा परेकी महिला न्याय माग्दै श्रीमान र ९ महिनाकी छोरी सहित दिक्तेल आएपछि सोमबार आरोपित बिरुद्ध मुद्धा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी राजकुमार केसीले बताए ।
हाटबाट फर्कनेक्रममा चामल बोकिदिन्छु भन्नै जंगलमा पुगेपछि बिसाउन भनेर जबरजस्ती गरेको पिडित महिलाको भनाई छ । पिडित दम्पत्ती न्याय माग्दै तीन दिन हिँडेर दिक्तेल आइपुगेका हुन् । घट्नापछि दुई वटा बच्चा र घर आफन्तलाई हेरचाह गर्ने जिम्मा दिएर दिक्तेल आएको पिडितको भनाई छ । निम्न आर्थिक अवस्था भएका पिडितलाई दिक्तेलमा महिला एकता अध्ययन केन्द्रले खाने बस्ने व्यवस्था मिलाएको अन्तरपार्टी महिला सञ्जाल खोटाङकी उपाध्यक्ष मनकुमारी रसाईलीले बताईन् ।
२०७५ असोज १५ राती ८ : ०७ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology