• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

६ जना बृद्धबृद्धा सम्मानित

६ जना बृद्धबृद्धा सम्मानित


चिसाङ शेर्पा
  • सोमबार, असोज १५ २०७५

  • चिसाङ शेर्पा खोटाङ,
    जेष्ठ नागरिक जिल्ला संघ खोटाङले ६ जना बृद्धहरुलाई सम्मान गरेको छ । २८ औं अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा उनीहरुलाई सम्मान गरेको हो । गएको भदौ २९ गतेदेखी असोज ८ गतेसम्मको धार्मिक भ्रमणमा बृद्धबृद्धाहरुलाई हेरचाह र संरक्षण गरे वापत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका ६९ वर्षीय खड्ग नारायण वजिमय, लफ्याङका ६८ वर्षीय भव प्रसाद आचार्य, दिक्तेलका ७६ वर्षीय मान वहादुर वस्नेत, बाम्राङका ६२ वर्षीय रुद्र वस्नेत, दिक्तेलका ६८ वर्षीय डम्बर खत्री र दिक्तेलकै ६९ वर्षीय धनपती आचार्यलाई सम्मान गरिएको हो ।

     

    उहाँहरुलाई दिक्तेलका वडाध्यक्ष टंक प्रसाद आचार्य र जेष्ठ नागरिक जिल्ला संघका अध्यक्ष दुर्गाप्रसाद घिमिरेले सम्मान पत्र प्रदान र खादा ओढाए सम्मान गर्नु भएको थियो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आयोजना र जेष्ठ नागरिक जिल्ला संघको सह– आयोजनामा जिल्ला समन्वय समितिको सभाहलमा भएको जेष्ठ नागरिक दिवसमा बृद्धबृद्धाहरुले भ्रमण गरेको भिडियो डकुमेन्ट्री हेरेका छन् । नगरपालिकाले भने, नगरपालिका भित्रका सवैभन्दा जेष्ठ नागरिक चिउरीडाँडाका ७३ वर्षीय भक्त बहादुर राईलाई जेष्ठ नागरिक परिचयपत्र दिएर जेष्ठ नागरिक परिचयपत्रको सुरुवात भएको घोषणा गरेका छन् ।


    जेष्ठ नागरिक दिवसको अवसरमा नगरपालिकाले बृद्धबृद्धालाई आँखा शिविरको पनि आयोजना गरेको थियो । यद्यपी, आज भने भिडियो डकुमेन्ट्रि हेरेकाले शिविर हुन सकेन । भोली शिविरमा जेष्ठ नागरिक लिएर जाने जिल्ला जेष्ठ नागरिक जिल्ला संघका अध्यक्ष घिमिरेले बताएका छन् । नगरपालिकाभित्रका प्रत्येक वडाबाट तीनतीन जना बृद्धबृद्धाहरु सहित ५० जनालाई नगरपालिकाले निशुल्क आँखा शिविरको आयोजान गरेको हो ।

     

    जेष्ठ नागरिक दिवस मनाई रहंदा बृद्धबृद्धाहरुले जिल्लामा व्यवस्थित दिवासेवा भवन नभएको र आफूहरुले पैसा उठाएर बनाएको दिवासेवा भवनको फिनीसिङका लागि सम्बन्धित निकायलाई अनुरोध गरेता पनि आशा मात्रै देखाउने गरेको बताउदै आएका छन् । आफूहरुको जायज मागलाई समेत बाराम्बार झुलाउँदा बृद्धबृद्धाहरु आक्रोशित बन्दै आएका छन् । सन् १९९१ देखि हरेक वर्ष अक्टोवर १ मा अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवस मनाउने गरिन्छ । ज्येष्ठ नागरिकहरुलाई सम्मान र अधिकारमा पुहँच पुर्याउने उदेश्यका साथ संयुक्त राष्ट्रसंघको आह्वानमा विश्वभर यो दिवस मनाईन्छ ।
    क्याप्सन : सम्मानपत्र ग्रहण गर्दै बृद्धबृद्धाहरु २०७५ असोज १५ साँझ ७ :३५ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology