समायोजन खबर खोटाङ
जिल्लामा सार्वजनिक यातायातको भाडा बढेकोमा चौतर्फी विरोध भईरहेका बेला पुरानै भाडा दरलाई कायम राखिएको छ । जिल्लामा प्रशासनको पहलमा पुरानै भाडादर कायम गरिएको हो । असोज ९ गतेदेखि १० प्रतिशतले भाडा बढाएका यातायात व्यवसायी र प्रशासनको संयुक्त छलफल पछि पुरानै भाडादर कायम गर्ने सहमति भएको हो । नजिकिँदै गरेको विभिन्न चाडपर्वलाई मध्येनजर गर्दै यात्रुलाई सहज होस् भनेर यस्तो निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्रराज पौडेलले बताए ।
बसबाट दिक्तेल–काठमाडौंँ आवतजावत गर्न साविककै भाडा दर १ हजार २ सय, दिक्तेल–कटारी ८ सय, दिक्तेल–इटहरी १ हजार १५०, दिक्तेल–धरान १ हजार १७५, दिक्तेल–बिराटनगर १ हजार १७५ र दिक्तेल–काँकडभिट्टाका लागि १ हजार ३५० रुपैयाँ कायम भएको छ । जिल्लाका आन्तरिक सडकमा चल्ने सवारी साधनको भाडादर पनि पुरानै कायम गरिएको साझा खोटाङ यातायात प्रालिका व्यवस्थापक मिलन चामलीङले बताए ।
जीपबाट दिक्तेल–काठमाण्डौंका लागि साबिकको भाडामा पनि ५० रुपैयाँ घटाएर एक हजार ४ सय कायम गरिएको छ । दिक्तेल–धरानका लागि एक हजार ६ सय, दिक्तेल–इटहरीका लागि १ हजार ५५०, दिक्तेल–बिराटनगरका लागि १ हजार ६५०, दिक्तेल–कटारीका लागि एक हजार, दिक्तेल–लहानका लागि १ हजार २ सय, दिक्तेल–बाक्सिलाका लागि ८ सय, दिक्तेल–ऐसेलुखर्कका लागि ८ सय, दिक्तेल–हलेसीका लागि ४ सय र दिक्तेल–निर्मलीडाँडाका लागि ४ सय भाडा निर्धारण गरिएको छ ।
२०७५ असोज १५ बिहान ९ : २९ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology