चिसाङ शेर्पा खोटाङ,
चर्चीत लोक गायक धर्मराज पोखरेलले दुईवटा सञ्चार माध्यमलाई विधुतीय सामग्री उपलब्ध गराउने भएका छन् । एकवटा अनलाईन र एकवटा पत्रिकालाई ल्यापटप र रेर्कडर दिने भएका हुन् ।
लोक गायक पोखरेलले समायोजन खबर अनलाईनलाई एक थान ल्यापटप/रेर्कडर र नवसंवाद पाक्षिक पत्रिकालाई एक थान रेर्कडर उपलब्ध गराउने बताएका छन् । जिल्लाको सामाजिक, राजनीतिक, विकास लगायतका विषयलाई समाचारको माध्यमवाट जनता सामू पु¥याउदै आएका सञ्चार माध्यमलाई थप शसक्क्त बनाउने उद्देश्यले सहयोग गर्न लागिएको उनले बताए ।

बहुप्रतिभाका धनी पोखरेलले दशै अगाडी नै उक्त सामग्रीहरु उपलब्ध गराई सक्ने जनाएका छन् । बहुप्रतिभाका धनी पोखरेलले दशै अगाडी नै उक्त सामग्रीहरु उपलब्ध गराई सक्ने जनाएका छन् । यसअघि लोक गायक पोखरेलले सामुदायिक रेडियो हलेसी एफएम र रुपोकाट रेडियोलाई एक/एक थान ल्यापटप र रेर्कडर उपलब्ध गराएका थिए । २०२९ कार्तिक २६ गते तत्कालिन बिजयखर्क गाविसमा जन्मिएका उनी एक कुशल ईन्जिनियर, राजनीतिकर्मी, गायक, रचनाकार, मोडल र समाजसेवी हुन् ।
हेर्नुहोस धर्मराज पोखरेलका गीत
क्याप्सन :लोक गायक धर्मराज पोखरेल, तस्विर चिसाङ शेर्पा, २०७५ असोज १४ बिहान ७ :४५ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology