समायोजन खबर खोटाङ,
स्वास्थ्य अधिकार तथा सुर्ती नियन्त्रण जिल्ला सञ्जाल खोटाङले धुम्रपान बिरुद्ध फेसबुक अभियान चलाएको छ । धुम्रपान तथा सुर्तीजन्य सेवनबाट हुने शारीरिक, सामाजिक र आर्थिक क्षती रोक्नका लागि सञ्जालले फेसबुक अभियान चलाएका हुन् । धुम्रपान सेवन गर्दैआएका नागरिकलाई धुम्रपान त्याग्न नैतिक दवाव सिर्जना गर्नका लागि धुम्रपान बिरुद्ध फेसबुक अभियान चलाइएको स्वास्थ्य अधिकार तथा सुर्ती नियन्त्रण जिल्ला सञ्जालका अध्यक्ष दिलीप खत्रीले बताए ।
सुर्तीजन्य पदार्थ सेवन नगर्न र स्वस्थ जीवन यापनका लागि सञ्जालका पदाधिकारी तथा सदस्यले फेसबुकबाट आव्हान गरेका छन् । सञ्जालको बुधबार बसेको बैठकको निर्णय अनुशार हरेक पदाधिकारी एबं सदस्यहरुले आफ्नो फेसबुक वालमा ‘हामी सबैको ऐक्यबद्धता ! सुर्तीजन्य पदार्थको न्यूनीकरण गर्ने प्रतिबद्धता !! सुर्तीजन्य पदार्थको सेवन नगरौं !!! स्वस्थ जीवन जिऔँ !!!! हाम्रो परिवार सुर्तीजन्य पदार्थमुक्त परिवार हो, अनि तपाईको नि ?’ लेखेका छन् ।
२०७५ असोज ११ राती ८ : १७ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology