• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

बृद्धबृद्धाले गरे मुक्तिनाथ दर्शन (७ फोटो)

बृद्धबृद्धाले गरे मुक्तिनाथ दर्शन (७ फोटो)


चिसाङ शेर्पा
  • बिहिबार, असोज ४ २०७५

  • चिसाङ शेर्पा खोटाङ,
    जेष्ठ नागरिक जिल्ला संघ खोटाङका बृद्धबृद्धाहरुले हिमाली जिल्ला मुस्ताङमा रहेको मुक्तिनाथ मन्दिरको भ्रमण एबं दर्शन गरेका छन् । मुस्ताङको विभिन्न पर्यटकीय स्थलको अवलोकन गर्दै उनीहरुले मन्दिरको दर्शन गरेका हुन् ।

    भदौ २९ गतेदेखी जेष्ठ नागरिक जिल्ला संघबाट धार्मिक भ्रमणमा निस्केका ९५ जना बृद्धाबृद्धा, एक पत्रकार, एक स्वास्थ्यर्की र एक उद्यमीले बिहीबार बिहान मुस्ताङको बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिका–१ मुक्तिनाथमा १ सय ८ धारामा स्नान गरी पुजापाठ गरेका ज्येष्ठ नागरिक जिल्ला संघ खोटाङका अध्यक्ष दुर्गाप्रसाद घिमिरेले बताए ।


    म्याग्दीको गलेश्वरवाट काभ्रे दानहुंसम्म तीनवटा वस चडी त्यसपछि करीव तीन घण्टाको पैदल यात्रा पश्चात घासा भनिने स्थानबाट पुनः वस चडेर बृद्धबृद्धा बुधबार साँझ नै कागबेनी पुगेको थियो । कागबेनीबाट करीव १३ किलोमिटर माथि रहेको मुक्तिानथ मन्दिर दर्शनका क्रममा बृद्धबृद्धाहरुले घोडा सवार गरेर मनोरञ्जन लिएका थिए ।मुक्तिनाथ गई स्नान गरेमा पाप पखालिने धार्मिक मान्यता रहेको छ । मुक्तिनाथमा मन्दिरसँगै १ सय ८ वटा कृत्तिम धारा रहेको छ ।


    क्याप्सन : १०८ वटा धारामा नुहाई सकेपछि बृद्धबृद्धाहरु, तस्विर, चिसाङ, २०७५ असोज ४ राती १० : १७ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology