चिसाङ शेर्पा खोटाङ,
जेष्ठ नागरिक जिल्ला संघ खोटाङका बृद्धबृद्धाहरु हिमाली जिल्ला मुस्ताङ पुगेका छन् । मुस्ताङको विभिन्न पर्यटकीय स्थलको अवलोकन गर्दै उनीहरु मुस्ताङ पुगेका हुन् ।

भदौ २९ गतेदेखी जेष्ठ नागरिक जिल्ला संघबाट धार्मिक भ्रमणमा निस्केका ९५ जना बृद्धाबृद्धाहरु सकसपुर्ण यात्रा गरेर बुधबार साँझ मुस्ताङको बारागुङमुक्ति क्षेत्र गाउँपालिका–४ कागबेनी पुगेका छन् । म्याग्दीको गलेश्वरवाट काभ्रे दानहुं भनिनेसम्म तीनवटा वस चडी त्यसपछि करीव तीन घण्टाको पैदल यात्रा पश्चात घासा भनिने स्थानबाट वस चडेर कागबेनी पुगिएको ज्येष्ठ नागरिक जिल्ला संघ खोटाङका अध्यक्ष दुर्गाप्रसाद घिमिरेले बताए ।

बृद्धबृद्धाहरुले बिहीबार विहान हिन्दु धर्मावलम्बीहरुको पवित्र तीर्थस्थल मुक्तिनाथ मन्दिरको भ्रमण एबं दर्शन गर्ने भएका छन् । मुक्तिनाथ गई स्नान गरेमा पाप पखालिने धार्मिक मान्यता रहेको छ । मुक्तिनाथमा मन्दिरसँगै १ सय ८ वटा कृत्तिम धारा रहेको छ । यसअघि बृद्धबृद्धाहरुले जानकी मन्दिर, देवघाटधाम, लुम्बिनी, म्याग्दीको गलेश्वर मन्दिरको भ्रमण एबं दर्शन गरेका थिए ।
क्याप्सन : मुस्ताङ हिडेका बृद्धबृद्धाहरु, तस्विर, चिसाङ, २०७५ असोज ३ राती ८ : ४२ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology